Jump to content

Wq/ne/नेपाली

From Wikimedia Incubator
< Wq | ne
Wq > ne > नेपाली

नेपाली नेपालमा बसो बास गर्ने नेपालको नागरिकता भएको नागरिक नेपाली हो तथा भारत भूटानका केही भागमा बसों बास गर्ने नेपाली भाषीतथा धेरै बर्ष पहिले विदेशीएका पनि नेपाली पनि नेपाली नै हुन् ।


नेपाल देशका जनतालाई जनाउँने विशेषण हो।[1] नेपाली राष्ट्रियता कानुन अनुसार पर्ने नेपालका नागरिकहरू नेपाली हुन् । नेपालको संविधान अनुसार नागरिक अधिकार प्राप्त गर्ने सबै मानिसहरू नेपाली नागरिक हुन्। नेपाली जातियता नभई राष्ट्रियता हो। नेपाल राष्ट्रप्रति निष्ठा राख्ने व्यक्तिहरूलाई सामान्य रूपमा नेपाली भनिन्छ। तर केही गैरनागरिक नेपाली (जस्तै अनाथ नागरिकताविहीन नेपाली), दोहोरो नागरिक, विदेशिएका नेपालीहरू, आदि पनि नेपाली संज्ञाभित्रै पर्छन् वा पर्न सक्छन् ।

व्युत्पन्न

[edit | edit source]

लोक मान्यता अनुसार ने नामक ऋषिले पालेको भूमिलाई नेपाल भनिएको हो भनिन्छ । यही नेपाल शब्दको विशेषण नेपाली हो ।

राष्ट्रिय इतिहास

[edit | edit source]
राजा पृथ्वीनारायण शाह, नेपालको राष्ट्रनिर्माता

राजा पृथ्वीनारायण शाहको एकीकरणबाट नेपाल राष्ट्रको निर्माण भएको थियो। त्यसपछि नेपाली शब्दको प्रयोग नेपाल देशका नागरिकका निम्ति भयो। सम्पूर्ण क्षेत्रिय संज्ञा जस्तै, गोरखाली, कास्केली, जुम्ली, कान्तिपुरे, आदि नेपालीमा मिसिन गयो। त्यो सँगै खस कुरा जसलाई गोरखाली भाषा भनिन्थ्यो आधिकारिक नेपाली भाषा बन्न पुग्यो।

नेपाली गणको उत्पत्ति

[edit | edit source]
नेपाली आर्य मूलनिवासी महिला सन् १९०० मा
लिम्बु पुरुष र महिला १९औं शताब्दीमा

नेपालीका वंशजहरू आरम्भको विशाल नेपाल, तिब्बत, भारत, इरान, बर्मा, चीन र मध्य एसिया बाट नेपालको क्षेत्रिय सामुदायिक जनसङ्ख्यासँग मिसिएका हुन्। नेपाली दुई मुख्य भाषा परिवारका सदस्य हुन्; इन्डो-आर्यन भाषा परिवार र भोट-बर्मेली भाषा परिवार। इन्डो-आर्यन भाषा परिवार भारोपेली भाषा परिवारको एक शाखा हो र यस बोली बोल्ने जनता इन्डो-यूरोपियन (भारोपेली) ककेसियन नश्लका हुन्। त्यस्तै भोट-बर्मेली भाषा परिवारका मातृभाषी मंगोलियाई नश्लका हुन्।

विदेशमा रहेका नेपाली

[edit | edit source]

नेपालीहरू भारत र बर्मामा ठूलो सङ्ख्यामा छन् । यसको प्रमुख कारण गोरखाली सैनिक भर्ती अनुसार विदेशिएका नेपालीहरू हुन् । थुप्रै नेपालीहरू खाडी मुलुक, मलेशिया, सं रा. अमेरिका, अस्ट्रेलिया, बेलायत र जापान जस्ता मुलुकमा रोजगार र शिक्षाका निम्ति पलायन भएका छन् ।

नेपालमा रहेका विदेशी

[edit | edit source]

त्यस्तै चीनको तिब्बत, भुटान र भारत राष्ट्रबाट थुप्रै मानिसहरू आएर बसोबास गरेका छन् । यसमध्ये थुप्रै शरणार्थीका रूपमा आएका थिए ।

सन्दर्भ साम्रगीहरू

[edit | edit source]

स्रोत

[edit | edit source]

अतिरिक्त

[edit | edit source]