Wq/ne/गाउँ खाने कथा

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > गाउँ खाने कथा

गाउँ खाने कथा नेपाली जनजीभ्रोमा चलि आएको ज्ञानगुन सम्बन्धी रमाइलो खेल (fun game) हो। यो सुन्दाखेरी लय मिल्ने खालको हुन्छ। गाउँ खाने कथा जवाफ दिन नसक्नेले सोध्नेलाई गाउँ दिनुपर्छ। त्यो गाउँको राम्रो कुरा आफ्नो र नराम्रो कुरा कथा भन्नेको भाग लगाएपछि सोध्ने मानिसले प्रश्नको उत्तर दिने प्रचलन रहेको छ।

केही प्रचलित गाउँ खाने कथाहरू[edit | edit source]

  • अकासको आगो पतालको पानी मुख बाट ताने नाक बाट जाने [1]
  • अजङ्गे बाबु, बझाङे छोरो, कालो नाती सेतो पनाति  ?[2]
  • आमा छाद्छे, छोरी खान्छे- [3]
  • आमाको रगतमा छोरी पकाइ खान्छु के हो? [4]
  • एक खुट्टे धामी थरथरी कामी- [5]
  • खाउँ रोटी खाइ नसक्नु, दाउँ बहर दाई नसक्नु, टेकौं लौरो टेकिनसक्नु, - घाम, बाघ र सर्प।
  • तीन भाइको एउटै पगरी- ओदान।
  • धार्नी न बिसौली दुई हातले उचाली- टोपी।
  • पुड्के बाहुनको सिर्के चन्दन, के हो? - मासको गेडा
  • नखाउँ भने दिनभरको सिकार खाउँ भने कान्छा बाउको अनुहार = बाँदरको सिकार।
  • नौ तले घरको झ्याल न ढोका, के हो? - बाँस
  • नाङ्लो भरी सुपारी, गन्नै नजान्ने व्यापारी = जून र तारा।
  • बीस तत्त्व एउटै घाउ यति कथा नजाने मुसा पोली खाऊ- गोरू जोतेको।
  • भुईंमा इऊँ इऊँ टिपी ल्याउनेलाई सय रूपियाँ दिऊँ- छायाँ।
  • यहाँ नाई त्यहाँ नाई बनियाँको बजारमा नाई, खोजि गए पाईदैन आईगए चाईदैन के हो? = भुँईचालो
  • लिखितिखी लिखितिखी आमा भन्दा छोरी तिखी- जीरे खुर्सानी।
  • लेककी चरी औलामा झरी च्यापमा परी भुतुक्कै मरी- जुम्रा मारेको।
  • वरपर गुट्टी माझमा घ्वाईं, यति कथा नजान्ने स्यालको ज्वाईं। के हो? = दाँत र जीभ्रो।
  • वारी भर्याङ पारी भर्याङ तेरो बाउको लुते करङ- बाँसको फड्के (पूल)।
  • सेती गाई पानी खान गई फर्केर आउँदा राती भई = सेलरोटी पकाएको।
  • सेतो मान्द्रो कालो बिस्कुन मुखबाट तान्दा नाकबाट निस्कुन् = चुरोट खाएको।
  • हस्तबीरले सिंगबीरलाई पछार्‍यो- सिँगान फ्याँकेको।
  • माथिबाट आए सिंह राज शाही, तलबाट आए पाँचै भाई, सिँह राज शाहीले पछराई पाई के हो? =सिँगान फालेको
  • लाटोले बाटोमा फाल्छ, बाठोले खल्तिमा हाल्छ के हो? =रुमालले सिँगान पुछेको
  • तामे नल फलामे फल के हो? = फापर
  • चाँदीको ठेकी स्याउलाको बिर्को = मूला
  • आफू छ काली, नाम भने राती।= रात (राति)
  • महिनाभरि झुन्डिएर बस्छ, फेरिएपछि अनुहार फेर्छ, के हो? = भित्ते पात्रो
  • जति तान्यो त्यति छोटो हुने, के हो? चुरोट ‍‌

उत्तर[edit | edit source]

  1. हुक्का तानेको
  2. कटुसको फल
  3. गाग्रीबाट लोटामा पानी सारेको
  4. तोरीको तेलमा तोरीकै साग पकाएको
  5. जूको

स्रोत[edit | edit source]