Wq/ne/अब्दुल कलाम

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > अब्दुल कलाम
कलाम

ए.पी . जे अब्दुल कलाम (अवुल पकिर जैनुलाअबदीन अब्दुल कलाम) उनको एक मध्यम वर्गीय मुस्लिम परिवारमा १५ अक्तूबर, १९३१, रामेश्वरम धनुषकोटि, तमिलनाडु, भारत, मा जन्म भएको थियो जसलाई सामान्यतया डाक्टर ए पी जे अब्दुल कलामका नामले जानिन्छ । डाक्टर ए.पी.जे. अब्दुल कलाम भारतीय गणतंत्रका ११ औ निर्वाचित राष्ट्रपतिका रूपमा जानिन्छन्। उनी भारतका पूर्व राष्ट्रपति, प्रसिद्ध वैज्ञानिक र अभियन्ता हुना का साथै उनी अविवाहित थिए। डा आरजे आब्दुल कलाम भारतको मिसाएल कार्यक्रमको प्रमुक बास्तुकार हुनुहुन्छ ।

कथन[edit | edit source]

  • यदि राष्ट्रलाई भ्रष्टचार मुक्त बनाउने हो भने मेरो विचारमा यो समाजका तिन सदस्यद्वारा यो हुन सक्किकिछ, आमा, बुवा र गुरु ।
  • पानी परेको बेलामा अरु सबै चराले सुरक्षित वासस्थान खोज्छन् । तर, चिलले बादल माथि उडेर पानीको बेवास्ता गर्छ। परिस्थिति एकै हो , तर दृष्टिकोणले फरक पार्छ ।
  • सफल भएका कथाहरु मात्र पढ्यौ भने तिमीले संदेश मात्र पाउँछौ । असफलताको कथा अझ ध्यान दिएर पढ्ने गर, त्यसबाट आफ्नो जीवनको सिकाइको लागि महत्त्वपूर्ण पाठ थाहा पाउन सक्छौ ।
  • सगरमाथा चढ्न होस् अथवा आफ्नो करियरमा सफलता प्राप्त गर्न , तिमीमा साहस र शक्तिको आवश्यकता पर्छ ।
  • आत्मविश्वास र मेहनत नै असफलताको औषधि हुन् ।
  • कुनै पनि धर्मले आफूलाई माथि देखाउन , मान्छे मार भन्दैन ।
  • तिमीले तिम्रो भविष्य परिवर्तन गर्न सक्दैनौ । तर, तिमीले आजको तिम्रो बानी सुधार्न सक्छौ । र, त्यही सुधारिएको बानीले नै तिम्रो भविष्य परिवर्तन गरिदिनेछ।
  • सपना भनेको तिमी निदाएको बेला देखेको दृश्य होइन, तिमी पूर्ण रुपले जागा भएको बेला देखेको कल्पनाशक्ति हो ।
  • युवाअवस्था नै त्यस्तो अवस्था हो , जसमा सबैभन्दा बढी कल्पनाशक्ति, उत्साह र विवादमा आउने सम्भावना कम हुन्छ ।
  • कसैलाई हराउन एकदमै सजिलो छ, तर कसैलाई जित्न त्योभन्दा गाह्रो छ ।
  • विद्यार्थीमा हुनुपर्ने सबैभन्दा उत्कृष्ट गुण भनेको प्रश्न गर्ने बानी हो ।