Wy/ne/शुक्लाफाँट राष्ट्रिय निकुञ्ज
यो राष्ट्रिय निकुञ्ज सुदूरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लाको नेपाल–भारत सिमानामा दक्षिण पश्चिम कुनामा अवस्थित छ। महाकाली नदीको पुरानो बहाव क्षेत्र भएको कारण विकसित हुनआएका फाँटाहरू, धाप र सिमभूमि यस निकुन्जको प्रमुख विशेषता हो । निकुन्जका कारण नेपालको पश्चिमी तराईमा पाइने वन्यजन्तु तथा चराचुरुङ्गीहरूको बासस्थानको संरक्षण हुन पुगेको छ।
प्रसिद्ध
[edit | edit source]यो निकुन्ज बाह्रसिंगाको लागि प्रसिद्ध छ। सन् २०१४ मा यस निकुन्जमा २,३०१ वटा बाह्रसिंगा गणना गरिएको छ। यो निकुन्ज जंगली हात्तीका लागि पनि उत्तिकै प्रख्यात छ। यहाँ करिब २०–२५ वटा जंगली हात्ती रहेका छन्। सन् २०१७ को गणना अनुसार यस निकुञ्जमा एकसिंङ्गे गैडाको संंख्या १६ वटा रहेको छ भने सन् २०१८ मा गरिएको गणना अनुसार यस निकुन्जमा बाघको संख्या १६ रहेको छ। निकुन्जको अधिकतम भाग सालको जंगलले ढाकिएको छ । बाँकी सिसौ र खयरको जंगल र घाँसे मैदान छ । जंगली हात्ती, पाटेबाघ, चितुवा, घोडगधा, बाह्रसिंगा, जरायो, चित्तल, लगुना जस्ता स्तनधारी जनावर यस निकुन्जका प्रमुख वन्यजन्तु हुन् । त्यस्तै रानी ताल तथा अन्य स–साना तालहरूमा मगर गोहीहरू प्रशस्त पाइन्छन् भने रैथाने र बसाई सरी आउने गरी ४२४ भन्दा बढी चराचुरुङ्गीहरू पाइन्छन्।
कसरी जाने
[edit | edit source]कञ्चनपुरको महेन्द्रनगरसम्म राजधानी काठमाडौं देखि सार्वजनिक यातायात बसबाट जान सकिन्छ। भारतको नयाँदिल्लीदेखि बनबासा सम्म बसमा यात्रा गरेर त्यहाँबाट ट्याक्सीमा शुक्लाफाँट जान सकिन्छ। हवाइमार्गबाट जाँदा धनगढी सम्म विमानमा गएर त्यहाँबाट लोकल बसमा पनि जान सकिन्छ। महेन्द्रनगरबाट भने ट्याक्सीमा जानुपर्ने हुन्छ।