Wy/ne/ललितपुर उपमहानगरपालिका

From Wikimedia Incubator
< Wy‎ | ne
Wy > ne > ललितपुर उपमहानगरपालिका
पाटन दरवार क्षेत्रको दृश्य

पाटन (नेपाल भाषा:यल) नेपालको प्रमुख शहरहरूमा पर्दछ । ललितपुर जिल्लामा अवस्थित यस शहर काठमाडौं उपत्यकाका तीन शहरहरू मध्ये सबभन्दा पुरानो तथा रमणीय मानिन्छ । ललितपुर यहाँका सांस्कृतिक सम्पदाको लागि प्रसिद्ध छ । ललितपुरलाई नेपाल भाषामा 'यल' नामले चिनिन्छ । राजा यलम्बरको नामबाट यो नाम आएको भन्ने विश्वास गरिन्छ । ललितपुर, काठमाडौं उपत्यकामै काठमाडौं शहरसँग उत्तरको सिमा जोडीएको शहर हो यस एतिहासिक सहरको अर्को नाम ललितपुर पनि हो, यो शहर पनि प्रमुख एतिहासिक शहर हो र युनेस्को बिश्वसम्पदा सुचीमा सुचिकृत पाटन दरवार यसै शहरमा रहेको छ । नेपालका केही केन्द्रीय कार्यलय ब्यापार गृह तथा आवास क्षेत्र रहेको यो शहरमा प्रसिद्ध कुम्भेश्वर मन्दिर, पटन बौद्ध विहार, कृष्ण मन्दिर आदी छन् ।