Wy/ne/बिराटनगर महानगरपालिका

From Wikimedia Incubator
< Wy‎ | ne
Wy > ne > बिराटनगर महानगरपालिका

बिराटनगर उपमहानगरपालिका नेपालको ठूलो शहर हो, जुन कोशी अञ्चल अन्तर्गतको मोरङ जिल्लाको दक्षिण भागमा अवस्थित छ । यो नेपालको सबैभन्दा ठूलो औद्योगिक नगर पनि हो । यो नगर तथा आसपासका क्षेत्रमा ठूलो संख्यामा कलकारखाना, उद्योग तथा व्यवसायहरू रहेका छन् । बिराटनगर एक पारवहन तथा वाणिज्य केन्द्र पनि हो । यहाँबाट भारत तथा तेस्रो मुलुकसँग ब्यापारिक बस्तुहरू आयात निर्यात गर्ने गरिन्छ ।