Wy/ne/कोशी टप्पु वन्यजन्तु आरक्ष
कोशी टप्पु संरक्षित क्षेत्र(संरक्षित वन क्षेत्र) १७५ बर्ग किमीमा फैलिएको एउटा वन्य-जीवन(wildlife) शरण क्षेत्र, सिमसार क्षेत्र हो जुन १९७६ मा स्थापित भयो जुन पूर्वी नेपालमा स्थित छ। यहाँ महेन्द्र राजमार्गबाट भएर जान सकिन्छ। यस संरक्षण क्षेत्रमा हाल पाँच हात्तीहरू छन र यो क्षेत्र एशियन पानीको जंगली भैँसी जसलाई अर्ना भनिन्छ, हरिण, नीलगाई, मगर, गंगा डल्फिन (Gangetic Dolphin), अन्य ४६० भन्दा धेरै जातिको चराचुरीहरूको बसो बास स्थल हो।
खास के छ?
[edit | edit source]जलचर स्थलचर र नभचर तीनै किसिमका जीवको अवलोकन गर्न पाइने ठाउँ हो कोशीटप्पु।
चरा अवलोकन
[edit | edit source]वन्यजन्तु अवलोकन
[edit | edit source]जलजन्तु अवलोकन
[edit | edit source]
"कोशी टप्पु वन्यजन्तु आरक्ष" को स्थापना बि. सं. २०३२ साल (सन् १९७६) मा भएको हो। यसको क्षेत्तफल १७५ वर्ग कि.मि. रहेको छ। १ नं.प्रदेश अन्तर्गत सुनसरी र सप्तरी जिल्लामा सप्तकोशी नदीले बनाएको टापूमा यो आरक्ष अवस्थित छ। आरक्षको मुख्य उद्देश्य नेपालमा अति दुर्लभ मानिएको अर्ना (जंगली भैंसी) को संरक्षण गरी अर्नाको संख्या बृद्धि गराउनु हो। यो आरक्ष नदीको बालुवाबाट बनेको टप्पु भएको कारण यहाँ प्रायः सिसौ र खयरको जंगल पाइन्छ। सन् २०१८ को गणना अनुसार अर्नाको संख्या ४४१ पुगेको छ। यो आरक्ष चराहरूको मुख्य बासस्थानका रूपमा रहेको छ। हाँसका विभिन्न जातहरू, दुई किसिमका लालसर र धेरै किसिमका बकुल्ला, गरुड ९क्तयचप०, सारस र अन्य पानी चराहरू समेत गरी करिब ४९० प्रजातिका चराहरू यहाँ पाइन्छन्। यिनै कारणबाट यस आरक्षलाई सन् १९८७ मा रामसार सूचीमा समावेश गरिएको छ। यस आरक्षलाई उत्तरमा चतरा क्षेत्र र कोशी नदी तथा उदयपुर जिल्लाको त्रिजुगा क्षेत्रमा विस्तार गर्न सकेमा पूर्वाञ्चल क्षेत्रको एउटा महत्वपूर्ण संरक्षित क्षेत्रको रुपमा विकास गर्न सक्ने देखिन्छ। जलचरहरूमा घडियाल तथा मगरगोही, सोंस (Stork), र विभिन्न किसिमका माछाहरू यस आरक्षका विशेषता हुन्। चरा अवलोकन गर्न इच्छुक पर्यटकहरूले यस आरक्षको भ्रमण गर्ने गरेका छन् । पर्यटनको माध्यमबाट स्थानीय समुदायमा रोजगारीका अवसरहरू सृजना भई जीविकोपार्जनमा टेवा पुगेको छ। आरक्षको आम्दानीबाट प्राप्त हुने बजेटबाट मध्यवर्ती क्षेत्रमा संरक्षण, विकास तथा आयआर्जनका कार्यक्रमहरू संचालन भएका छन्।
त्रिभुवन विश्वविद्यालयमा केन्द्रीय वन्यजन्तु अध्ययन विभाग ( Central Department of Zoology) द्वारा १९९७ देखि १९९८ मा एउटा संरक्षण अध्ययन (study of the reserve) शुरु गरिएको थियो त्यो अध्ययनमा पाईयो कि संरक्षण क्षेत्र नजीकै बस्ने बासिन्दा र संरक्षित वन्यजीव बीच जबरजस्त लडाई छ। त्याहाँ पाईयो कि त्याहाँको बासिन्दाहरूलाई फसलको नोक्सानी र पशुहरूको उत्पीडनको बन्नु पडि रहेको छ जबकि आरक्षित प्रबन्धकहरूसित अवैध शिकार, पशु चराई र संरक्षित क्षेत्रमा अन्य गतिविधिहरूको समस्या थियो।
अध्ययनपछि कतिपय सुझावहरू अध्ययनकर्ताहरूतिरबाट आयो जसमा एउटा सुझाव थियो- पर्यटनको विकास। उनिहरूको सुझाव थियो कि वाईल्डलाईफको प्रशिक्षकहरूद्वारा क्षेत्रीय मान्छेहरूलाई प्रशिक्षण दिएर गाईड बनाउनु र पर्यटनलाई विकाश दिनु। [1]
वन्य-जीवनको संरक्षण अतिरिक्त यस संरक्षित क्षेत्रमा सप्तकोशीको केही महत्त्वपूर्ण भाग पनि संरक्षित रही रहन्छ। सन् १९८७ मा यो ठाउँलाई रामसर साईट घोषित गरियो। [2]
कसरी जान सकिन्छ?
[edit | edit source]इटहरीबाट ३० किमी दक्षिणपश्चिम सप्तकोशीको किनारमा रहेको कोशीटप्पु पूर्वपश्चिम राजमार्गबाट नजीकैको दुरीमा रहेको छ। यो आरक्ष क्षेत्र पुग्न विराटनगरबाट ५० किमी उत्तर-पश्चिम र धरानबाट करिब ४० किलोमिटर पश्चिम दक्षिणमा अवस्थित कोशीटप्पुसम्म पुग्न यातायातका साधन सजिलै पाइन्छ। पूर्व-पश्चिम राजमार्गको लौकही नजीकैको जमुनाहबाट दुई किमी उत्तरमा रहेको आरक्षणको दक्षिणी भागबाटै सप्तकोशी नदी तटबन्ध काटेर बस्तीमा प्रवेश गरेकाले यो मार्ग अहिले छैन। हाल कोशीटप्पु पुग्न इटहरी र इनरुवा बीचमा पर्ने झुम्का तथा धरानबाट चतरा भएर जानुपर्ने हुन्छ।