Wq/ne/स्वस्तिमा खड्का
Appearance
स्वस्तिमा खड्का (जन्म: ४ जुलाई १९९५) एक नेपाली अभिनेत्री हुन्।
कथनहरू
[edit | edit source]- एउटा आम नागरिकले राजनीतिबारे राख्नुपर्ने ज्ञान मसँग छ। कलेज जीवनमा नै यसलाई नजिकबाट नियालेकाले यससम्बन्धी केही ज्ञान छ।
- "आम नागरिकमा हुनुपर्ने राजनीतिक चेतना छ : अभिनेत्री खड्का", गोरखापत्र, ३१ साउन २०८०।
- पुरुष निर्देशकको मेकअप, हेयरदेखि ड्रेससम्म सहभागिता कम हुन सक्छ। फिल्म मेकिङमा भने मेल र फिमेल भनेर हेर्नु उचित पक्कै होइन।
- दर्शकले आफूलाई कुटुमा कुटु र बुलबुलकी कलाकार भनेर मात्र नचिनोस् भन्ने छ। त्यही भएर म फरक फरक भूमिकामा देखिँदै आएको छु।
- "पुरुष भन्दा महिला निर्देशक सहज : स्वस्तिमा खड्का", रातोपाटी, ०४ भदौ २०८०।
- सारुकको आत्महत्यामा नम्रता जोडिएका कुरा मिडियामा सुन्दा म ‘सक्ड’ भएकी थिएँ। जे मिडियामा आएको छ र जे सुनिएको छ, यदि उहाँ संलग्न हो भने स्पष्टीकरण दिनुपर्छ। हामीले घरमै गएर बुझ्दा पनि कति कुरो मिडियामा नआएको पनि पायौँ। त्यसकारण पनि उहाँले स्पष्टीकरण दिनैपर्छ जस्तो मलाई लाग्छ। मान्छे मरेर जानु भनेको त अन्तिमको कुरा हो। त्यो बाहेकको अर्को कुरो छैन। मिडियामा आउनुपर्छ भन्ने छैन। सारुकको आमा–बुबालाई वास्तविकता भन्नुपर्छ।
- "स्वस्तिमा भन्छिन्– ‘सारुकको आत्महत्याका विषयमा नम्रताले स्पष्टीकरण दिनुपर्छ’", रातोपाटी, ०४ भदौ २०८०।
बाह्य कडीहरू
[edit | edit source] विकिपिडियामा स्वस्तिमा खड्काको बारेमा एक लेख छ। |