Wq/ne/स्टिभ जब्स

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > स्टिभ जब्स

स्टिभन् पाउल जब्स अर्थात स्टिभ जब्स (फेब्रुअरी २४,१९५५ -अक्टोबर ५,२०११) विश्व बिख्यात एप्पल निगम सहायक संस्थापक तथा अध्यक्ष हुन।जब्स पिक्सार एनिमेसन स्टुडियो का पनि सहायक संस्थापक हुन।स्टिभ जब्सलाई विश्व बिख्यात स्माटफोन आइफोन जन्मदाता पनि मानिन्छ।जब्सले १९७६मा आफ्ना सहपाठी स्टिभ वजनिकसँग मिलेर एप्पल निगमको स्थापना गरेका थिए।१९८५मा बोर्ड अफ डाइरेक्टरसित शक्ति संधर्षमा पराजय भोगे पछि आफैद्धारा स्थापना गरेको कम्पनीबाट निस्कासित हुनु परेको थियो।त्यस पछि जब्सले नेक्स्ट नामको अर्को कम्पनी स्थापना गरेका थिए।

कथन[edit | edit source]

  • तपाइको समय सीमित छ , यसलाई अरु जस्तो बाँच्नुमा मात्र व्यर्थ न गर । यस्तो सिद्धांतलाई स्वीकार न गर जो स्वयं अरुको विचारको निर्णयमा पर आधारित छ। कुनै अन्यको सुजाबलाई आफ्नो सुजाब नबनाऊ । आफ्नो सुजाब आफै बनाऊ । आफ्नो भित्री आवाज सुन ।
  • मरो जीवनको दुई नै मंत्र छन् । - ध्यान केन्द्रीत राख्नु (focus) र सादापन (simplicity) । सजिलो मुस्किल देखि गारो हुन सक्छ । तपाईलाई आफ्नो विचारलाई पूरै स्पष्ट बनाउनुको लागि परिश्रम गर्नु पर्छ । ताकि त्यो सजीलो (simple) नबोस ।
  • कहिले-कही जिन्दगी तपाइको सिरमा ईटाले चोट गर्छ, विश्वास न हटाउ ।
  • तिम्रो जीवन छोटो छ, त्यसैले तिमीले पाएको यो समयलाई अरुको जीवन बाँचेर खेर नफाल ।
  • सबैभन्दा धनि व्यक्ति बन्नुले मलाई खुशी दिंदैन । राती विस्तारमा जाँदा जब, आज मैले केही राम्रो काम गरें भनेर गएको हुन्छु, त्यतिबेला म खुशी र सुन्तुष्ट हुन्छु ।
  • हामीसंग भएको सबैभन्दा मूल्यवान र महत्वपूर्ण स्रोत भनेको समय हो ।
  • जो मानिस संसार परिवर्तन गर्ने असामान्य सोंच राख्छ, त्यही मानिसले नै त्यो काम गरेर देखाउंछ ।
  • आफ्नो मनलाई पछ्याउँदा ‘मैले केही गुमाउनुपर्छ की ‘भन्ने डरबाट मुक्त हुनलाई मैले ‘ एक दिन एक्लै, नाङ्गै, सबै छोडेर मरेर जानु छ’ भन्ने सम्झिन्छु ।
  • जहिले पनि परिमाण भन्दा गुण वा विशेषता धेरै महत्वूर्ण हुन्छ ।
  • मैले प्रयोग गर्ने एउटा मन्त्र छ – केन्द्रित हुनु र साधारणता रोज्नु । र, साधारणता नै जटिलता भन्दा गाह्रो हो । जुन कुरा पनि साधारण तरिकाले गर्न र साधारण बनाउनको लागि धेरै मेहनत गर्नुपर्छ ।
  • तिमीले काम गर्दा गल्ती हुनु सामान्य हो । त्यो गल्तीलाई तुरुन्त स्वीकारेर त्यसलाई सच्याएर आफ्नो कामलाई सुधार्दै लैजानु जरुरि छ ।
  • यदि तिमीले कुनै काम गर्यौ र त्यसले राम्रो नतिजा दियो भने, त्यसलाई निरन्तरता दिनुमा मात्र नलागेर, अझ राम्रो काम गर्ने प्रयासमा लाग्नुपर्छ।

स्रोत[edit | edit source]