Wq/ne/स्टिफन हकिङ

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > स्टिफन हकिङ

स्टिफन विलियम हकिङ विश्व प्रसिद्ध अङ्ग्रेजी भौतिक शास्त्री, लेखक र क्यामब्रिज विश्वविद् हुन् । उनले भौतिक विज्ञान र ब्रह्मण्डविज्ञानमा उल्लेखनीय काम गरेका छन् । उनका पुस्तकहरू सबैका लागि विज्ञान बुझ्न मद्दत गर्दछ ।

स्टिभ हकिन्स

कथन[edit | edit source]

  • स्कुलमा म आफ्नो कक्षामा राम्ररी पढाई गर्न सक्दिनथे । त्यो एकदमै राम्रो कक्षा थियो । मेरो कक्षाकार्य एकदमै नराम्रो हुन्थ्यो । मेरो लेखाइले शिक्षकलाई निराश तुल्याउँथ्यो । तर, मेरा सहपाठीहरुले मलाई आइस्टाइन नामले बोलाउथे । त्यो सायद उत्कृष्ट संकेत थियो ।
  • जीवन साह्रो दुखद हुनेछ, यदि हामीले हाँसो-ठट्टा गरेनौं भने ।
  • कार्यले तपाईको उदेश्य र अर्थ बताइदिनेछ । र, यसबिना जीवन सून्य छ ।
  • चाहे जीवन जतिसुकै मुश्किल लाग्छ, त्यसैले तपाइलाई अगाडि बढ्न र सफलता प्राप्त गर्न उर्जा दिन्छ ।
  • पहिलो कुरा, सधै तारालाई हेर्नुहोस्, न कि मुनीको पैतलालाई । जे देख्नुहुन्छ त्यसप्रति जिज्ञासा राख्नुहोस् । उत्सुक रहनुहोस् ।
  • यदि कसैले तपाइसँग गुनासो गर्छ, कि तपाइले कुनै गल्ती गर्नुभयो । उसलाई भन्नुहोस् कि यो राम्रो भयो । किनभने बिना गल्ती वा त्रुटी न तपाई न म यस धर्तीमा रहन सक्छु ।
  • मलाई थाहा छैन । जो मान्छे आफ्नो बुद्धिको विषयमा दावी गर्छ, ऊ हारेका व्यक्ति हुन् ।
  • मैले ध्यान दिएको छु कि, जो व्यक्ति जुन कुरामा पहिला नै निर्धारित गर्ने दावी गर्छ र दावी गर्छ कि हामीले त्यसलाई बदल्नका लागि केही गर्न सक्दैनौ । उसलाई बाटो पार गर्नुअघि राम्ररी देखाउनुपर्छ ।
  • तपाई विकलाङ्ग हो वा अपाङ्ग, त्यो तपाईको कुनै गल्ती होइन । साथै यसका लागि दुनियालाई दोष दिनु र ईश्वरसँग दयाको अपेक्षा गर्नु सही होइन । बस्, तपाईभित्र सकारात्मक उर्जा र विचार हुनुपर्छ ।
  • यदि कुनै मानिस शारीरक रुपले अपाङ्ग छ भने, उनीहरु आफ्नो मनबाट अपाङ्ग वा विकालाङ्ग हुनु हुँदैन । मेरो विचारमा उनीहरुले यस्तो गतिविधिमा ध्यान दिनुपर्छ, जसले एक शारीरिक विकलाङ्ग व्यक्तिलाई थप बाटा नपुर्‍याओस् ।
  • विज्ञान केवल तर्कको अनुयायी होइन, रोमान्स र उत्साह पनि हो ।
  • हामी आफ्नो लोभ र मूर्खताको कारण स्वंमलाई नष्ट गर्ने खतरा मोलिरहेका छौं ।
  • हामी एक औसत तारका सानो ग्रहमा बस्ने बाँदरको एक उन्नत नस्ल हौ । तर हामी ब्रम्हाण्डलाई सम्झन सक्छौ । यसले हामीलाई खास बनाएको छ ।
  • म चाहन्छु् कि न्यूक्लियर फ्युजन एक व्यवहारिक उर्जाको स्रोत बनोस् । यसले प्रदूषण वा ग्लोबल वार्मिङ बिना नै उर्जाको अटुट आपूर्ति प्रदान गरोस् ।
  • म केवल एक बच्चा हुँ, जो कहिल्यै ठूलो हुँदैन । म अहिले पनि कसरी, किन भन्ने प्रश्न गरिरहेको हुन्छु ।
  • मसँग यति धेरै छ कि, म गर्न चाहन्छु । मलाई समय वर्वाद गर्नु घृणा लाग्छ ।
  • केही पनि छैन, जो सधैं रहन सक्दैन ।
  • म राम्रो विद्यार्थी थिइन । म कलेजमा धेरै समय विताउदिन थिएँ । म स्वंममा रमाउनमा धेरै व्यस्त थिएँ ।
  • अब तपाईंलाई कसैले तैंले गल्ती गरिस् भन्यो भने उसलाई भनिदिनुस्, ‘गल्ती गर्नुपनि एक हिसाबले राम्रो कुरा हो, विनागल्ती न तपाईं जीवित रहनसक्नुहुन्छ, न त म ।’
  • ज्ञान यस्तो शक्ति हो, जसले तपाईंमा परिवर्तनलाई स्वीकार्ने क्षमताको विकास गर्छ ।
  • मैले नोटिस गरेको छु, यस्ता मानिसहरु जसले सोच्छन् कि भाग्यमा जे लेखेको छ, त्यही हुन्छ । यस्ता मानिसहरुले सडकमा पाइला राख्नुअघि पनि हिच्किचाउँछन् ।
  •   म एउटा यस्तो बच्चा हुँ, जो कहिल्यै बुढो हुन सकेन । म अझै पनि किन, कसरी भन्ने प्रश्न गर्छु ।
  • जसलाई आफ्नो IQ क्षमताप्रति खुबै घमण्ड हुन्छ, सोच्नुस् तिनीहरु प्राय: हारेका व्यक्ति हुन्छन् ।
  • शारीरिक रुपले विकलाङ्गहरुलाई मेरो सुझाव छ, ‘तपाईंलाई कुनै पनि अंगको कमीले केही राम्रो गर्न रोक्दैन । त्यसैले शारीरिक अशक्ततालाई कहिल्यै दुर्भाग्य नसोच्नुस् । आफ्नो काम गर्ने स्प्रिटमा अपाङ्ता हुनुमात्रै नराम्रो हो, शरीरमा होइन

  • पछिल्लो ४९ वर्षदेखि मैलै मृत्युको अनुमान लगाइरहेको छु । मलाई मृत्युसँग डर लाग्दैन र मर्ने हतार पनि छैन । मृत्युअघि मैले धेरै काम गर्न बाँकी छ ।
  • आफ्ना बच्चालाई टिप्स दिँदै उनले भनेका छन्, ‘पहिलो कुरा त हमेशा तारालाई हेर, न कि आफ्नो पैँतालालाई । दोस्रो कुरा कहिले पनि काम गर्न नछोड, कामले तिमीहरुलाई बाँच्ने आधार दिन्छ ।
  • विना काम जिन्दगी खाली-खाली हुन्छ । तेस्रो कुरा त यदि तिमीहरुले जिन्दगीमा कहिले प्रेम अनुभव गर्यौ र त्यसबाट खुसी मिल्यो भने त्यसलाई आफ्नो जिन्दगीबाट कहिल्यै बाहिर नफाल ।
  • मानिसले सबैभन्दा ठूलो सफलता बात गरेरै पाउँछ, धेरै विफलता पनि बात नगर्नेहरुलाई नै प्राप्त हुन्छ । मानिसलाई हमेशा कुरा गरिराख्नु जरुरी छ ।[1]

बारेमा[edit | edit source]

  • महान् वैज्ञानिक ग्यलिलो ग्यलेलेई र हकिङको जन्म एकै तिथिमितिमा भएको हो ।
  • सानैदेखिका असीम बुद्धिमान उनी सानैदेखि हरेक कुराको जानकारी राख्ने रुचाउँथे । जसले गर्दा उनलाई सबैले आइन्स्टाइन भनी बोलाउँथे ।
  • २१ वर्षको उमेरमा उनलाई कहिल्यै निको नहुने रोग मोटर निउरोनले सतायो । र, उनलाई प्यारालैसिस बनायो ।
  • बिरामी छँदा छँदै पनि उनी आफ्नो इच्छा शक्तिको बलले ब्लैक होलको अवधारणा दुनियाँलाई दिए । साथमा उनले समय यात्रा सम्भव छ भनेर सिद्धान्त पनि दिए ।
  • उनको हकिङ विकिरण र उनले लेखेका किताब ‘अ ब्रिफ हिस्टोरी अफ् टाइम’ ले विश्वमै तहल्का मच्चायो ।
  • हकिङको आइक्यु १६० छ, जुन कुनै साधारण मानिसभन्दा कयौं गुणा हो ।
  • २००७ का उनी एक अन्तरिक्ष यात्री पनि हुन् ।
  • सानो–ठूलो गरी उनलाई अहिलेसम्म १२ वटा पुरस्कारद्वारा सम्मान गरिएको छ । उनको यो सिद्धान्तद्वारा उनले यो साबित गरिदिए कि, अपांगता तनमा हुन्छ, मन र दिमागमा हुँदैन ।[2]

स्रोत[edit | edit source]