Wq/ne/सुमन पोखरेल

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > सुमन पोखरेल
सुमन पोखरेल

सुमन पोखरेल ( वि. सं. २०२४, असोज ०५ (तदनुसार २१ सेप्टेम्बर सन् १९६७)) नेपाली कवि, गीतकार, अनुवादक तथा कलाकार हुन्।

कथनहरू[edit | edit source]

  • सिर्जनात्मक अभिव्यक्तिको सामर्थ्य तथा सौन्दर्य तिनको शब्दसञ्चालन शिल्प तथा अनुभूतिको कलात्मक सम्प्रेषण हो।


  • कवितामा प्रयोग भएका कतिपय शब्दहरू कागजमा स्थिर रहँदा पनि म तिनलाई गतिशील देख्ने गर्दछु।


  • ठ्याक्कै आफू नभएर आफ्नो हिँडाइमा आफैंले छेकेर अदृष्य बनाएका दृष्यहरू नै कविताका अर्थ हुन्‌।


  • कविताका शब्दहरू नसुनिने एकएक सुमधुर सङ्गीतमा वाक्यखण्ड भएर कागजबाहिर गुनगुनाइरहेका हुन्छन्‌।


  • भाषा भनेको त्यही दृष्य र सङ्गीतको सम्मिश्रण हो।हामी दृष्य र सङ्गीत बोल्ने गर्छौँ।



  • एउटा भाषाका शब्दलाई कविताबाट झिकेर अर्कोमा चोब्दै राख्दै गरेर मात्र अनुवाद हुँदैन । तिनलाई पखालेर, धोएर, कुँदेर, सकेसम्म सिँगारेर जतनसाथ राख्नुपर्छ ।



  • कविता मान्छेले लेख्न सक्दैन, कविता लेख्न कवि नै हुनुपर्दछ । कवि सँधै कवि रहिरहँदैन र सक्दैन पनि । आम मान्छे नै विशेष अवस्थामा कवि हुने गर्दछ, अथवा कवि ज्यादाजसो समय आम मान्छे भएर बाँचेको हुन्छ । मान्छे कवि भएको विशेष अवस्थाको अनुभूतिजन्य भावलार्इ कल्पनाशिलता तथा शब्दसामर्थ्यको ओजले कलात्मकरूपमा गरिएको विम्बात्मक सम्प्रेषण नै कविता हो ।






  • आफ्नो मुटु झिकेर ससाना टुक्रामा विभक्त गर्छु
    अनि
    आफ्नै रक्तिसँग मिसाएर
    रक्सीसँग खान्छु,
    आँसु र पसिनाको ।
    • स्वभक्षणको हक // शून्य मुटुको धड्कनभित्र"


  • टिप्न खोजे मात्र भने पनि
    तिनका (केटाकेटीका) कोमल हातमा आफैँ सरिदिन्छ फूल हाँगाबाट,
    तिनका ससाना पाउबाट टेकिए
    आजीवन आफैँलार्इ धिक्कार्छ काँढा ।


  • अनुभव साक्षी छ, निर्मम शासन गरेर कोही यहाँ धेरैबेर टिक्न सक्दैन ।


  • रुख टुक्राटुक्रामा बाँच्दैन।
    जबसम्म बाँच्छ,
    जीवनलार्इ सम्पूर्णतामा आफूमा समाहित गरेर बाँच्छ ।


  • हाँगामा चढेर प्रदर्शित गरे आफूलार्इ
    र बैठक र मन्दिर चहार्दै हराए फूलहरू।
    कुनै आकारमा अटाउन नसकेर बेठेगान दौडिरहे नदीहरू
    असङ्‍ख्य गन्तव्य बोकेर जताततै बराल्लिइरहे बाटाहरू ।


  • म अहिले जुन ठाउँमा छु
    नठान्नु होला
    यहाँ म पैह्रोझैँ बगेर पुगेको हुँ
    वा बादलझैँ बाफिएर।

    आफ्नो कोमल मनमा
    समयको तरवार रोपी
    त्यसैको बिँडमा समातेर उक्लिआएको हुँ।


  • हरेक बिहान
    रक्ताम्य खबरहरूसँगै ब्यूँझन्छु
    र सशङ्कित हुँदै छाम्दछु आफूलार्इ
    आफैँ हो कि हैन भनेर।


  • मैले बुझिनँ,
    किन मेला लागेथ्यो त्यस ठाउँमा
    घामका किरणहरूको ओत लागेर
    ती कुहिराहरूको।



  • मलार्इ विश्वास भइरहेथ्यो
    एक दिन सबै बहुलाउने छन्‍
    मलार्इ सद्दे देख्नका लागि।


  • जीवनको गहनता त एक्लै बाँचिरहँदा मात्र गह्रौँ हुने रहेछ।


  • त्यो गन्तव्यविहीनतामा रुमल्लिइरहेका यात्राहरूको बस्तीबीच
    बेसुरमा गाइरहेका चराहरूको स्वर
    नियतिदेखि अनभिज्ञ नाचिरहेका पुतलीका उमङ्ग
    र मिठासविहीन बहिरहेको लाटो हावा देखेर
    मलार्इ बहुलाऊँबहुलाऊँ भइरहेथ्यो।


  • के स्वतन्त्रता जीवनभन्दा मिठो हुन्छ?
    वा जीवन कठीन भएपछि बाँच्न सजिलो हुन्छ?


  • के सबै सर्जकहरू मजस्तै विचारमा विद्रोही र व्यवहारमा सम्झौतावादी हुन्छन्‍?


  • साँच्चै माया छ मेरो भने निस्कन्नँ म बाहिर,
    बसिरहन्छु सँधै यिनै मनहरूमा टाँसिएर।
    हुन्नँ बिदा म यहाँबाट कहिल्यै।

    यो शरीरलार्इ त मैले तर,
    जसरी भए पनि पठाउनै छ।


  • मैले एउटा समयलार्इ फेरि पनि आफूजस्तै बाँचिरहेको थिएँ।


  • रमाइलो लाग्छ,
    रहरहरूले छरेका मनका टुक्रा बटुलेर जोडिरहन,
    मेरी सानी छोरीले भत्काएका उसका खेलौनाहरू जोडेजस्तो।


  • फुटूँ म आफूबाट
    टुक्रियूँ मेरो सम्पूर्णताका एकएक अवयवहरूमा

    बाँचूँ सबै टुक्रामा पूर्णताले।


  • यावत टुक्रा जोडिएर बनेको
    यो 'म'ले
    बाँच्न सकेन कुनै भाग पनि
    धक फुकाएर।






  • म ऊ जत्तिकै वैभवशाली हुन्थेँ भने
    ताजमहल बनाउन
    प्रेमिकाको मृत्यु पर्खने थिइनँ ।

स्रोत[edit | edit source]