Wq/ne/वीरेन्द्र वीर विक्रम शाह

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > वीरेन्द्र वीर विक्रम शाह

वीरेन्द्र वीर विक्रम शाह (वि.सं. २००२-२०५८) नेपालका दशौं शाहवंशीय राजा थिए । वीरेन्द्रको जन्म बि.सं. २००२ साल पुष १४ (सन् १९४५ डिसेम्बर २८) गते भएको थियो भने, विवाह २०२२ सालमा ऐश्वर्य शाहका साथ भएको थियो । बि.सं. २०५८ साल जेठ १९ गतेको शुक्रवार नारायणहिटी दरवारभित्र हत्या गरिएको थियो । जसलाई नारायणहिटी दरवार हत्याकाण्डको रूपमा चिनिन्छ ।

बारेमा कथन[edit | edit source]

  • उदार चित्त भएका कुसल दयालु राजा थिए ।

उनके कथन[edit | edit source]

  • अमेरकिाको नजरमा हामी त्यति महत्त्वपूर्ण छैनौँ, पर्यटकका रूपमा त्यहाँ गएर राष्ट्रिय ढुकुटी सिध्याउनुको म खास अर्थ देख्दिनँ। त्यसैले उपयोगिताविहीन भ्रमणलाई मैले स्थान नदिएको हुँ। कुनै खास उपलब्धि प्राप्त हुने अवस्था सिर्जना भयो भने मैले अवश्य पनि त्यहाँको भ्रमण गर्नेछु।
  • आउनेजाने र भेटघाट गर्ने कुरा खर्चिलो भए पनि यसबाट राष्ट्रका लागि कुनै किसिमको उपलब्धि हुन्छ भने भ्रमणबारे विचार गरौँला।
  • विश्वका गरिबहरूका पक्षमा मैले बोलिरहेको यसै बेला दाल, भातको लागि कराइरहेको एउटा बालकको म आवाज सुन्छु । तर हामी उसलाई दाल, भात अथवा रोटीको बदला बम दिन्छौं । ऊ दयाको भीख माग्दै हामीतिर हेर्छ, तर हामी उसलाई निर्दयताको तिरस्कार दिन्छौं र ऊ शान्तिको कामना गर्छ, हामी युद्धको तयारी गर्छौं ।[1]
  • हामीले जबर्जस्ती गर्ने होइन, जनताको आवश्यकता बुझेर जनतासँगै हिँड्ने, जनतासँगै सोच्ने र जनतासँगै काम गर्ने बानी बसाउनुपर्छ ।

स्रोत[edit | edit source]

  1. शक्तिराष्ट्रहरूप्रति कठोर व्यंग्य गर्दै भने