Wq/ne/लियोनार्दो दा भिन्ची

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > लियोनार्दो दा भिन्ची

लियोनार्दो दा भिन्ची (अप्रिल १५, १४५२ - मे २, १५१९) इटालीको फ्लोरेन्समा जन्मेका थिए। उनी इटालियन चित्रकार, मूर्तिकार, निर्माणकर्ता, आविष्कारक र इन्जिनियर थिए ।

कथन[edit | edit source]

  • जतिखेर मैले कसरी बाँच्ने भनेर सिक्दै छु भन्ने सोचिरहेको थिए, त्यतिखेर म कसरी मर्ने भनेर पो सिक्दै रहेछु ।
  • आँशु दिमागबाट होइन, मनबाट आउँछ।
  • सरलता भनेको व्यक्तिको परिष्कृत रुप हो।
  • सिकाईले दिमागलाई कहिल्यै पनि असर गर्दैन।
  • जीवन र प्रकृतिको सही बुझाइले नै खुशी दिन्छ।
  • खुशीसंग बिताएको राम्रो दिनले राम्रो निन्द्रा * ल्याइदिए जस्तै, खुशीका साथ बिताएको * जिवनले राम्रो मृत्यु ल्याइदिन्छ।
  • अन्तिम अवस्थामा प्रतिरोध गर्नुभन्दा सुरुमै प्रतिरोध गर्नु उचित हुन्छ।
  • समय उनीहरुसंग अडिन्छ, जसले समयको सही उपयोग गर्न जानेको हुन्छ।
  • जो व्यक्ति एक दिनमै धनी हुन चाहन्छ, त्यो व्यक्ति एक वर्षमै रित्तिन्छ।
  • सुन्दर शरीर एकदिन नष्ट हुन्छ। तर सुन्दर कला र सुन्दर विचार सधै रहिरहन्छ।
  • हामीसंग भएको सबै ज्ञान हाम्रो दृष्टिकोणमा आधारित हुन्छ।
  • सबैथरि ज्ञानको स्रोत प्रकृति हो।

स्रोत[edit | edit source]