Wq/ne/रेखा थापा

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > रेखा थापा
रेखा थापा

रेखा थापा (जन्म विसं २०३९ भाद्र ५) नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् । सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् ।

कथनहरू[edit | edit source]

२०१८

  • हरेक बिहानिमा एक कदम अगाडि बढाउदै जाउ, एकदिन उसलाई पाउने छौ, जे कुनै बेला टाढा लाग्ने गर्थ्यो।
  • जिन्दगीमा कती कुरा देखेर होइन अनुमान गरेर बाचिन्छ जस्तो कि नरिवलको पानी ताने झै
  • एउटा भनाइले मन छुन्छ "अरुलाई न्यानो पार्नको लागि आफुलाई आगोमा नजलाउ"। जिउनु भनेको त आफ्नो लागि हो, सक्ने जती माया दुनियाँलाई दिएर ।
  • कुनै पनि कुरा सम्भव ठान या असम्भव, जे ठान्दछौ त्यही सत्य हुनेछ ।
  • कहिले मन भन्दा पछी र कहिले मुटु भन्दा अघी हिडाउछ जिन्दगी !
  • मनमा सकारात्मक भावको दियो बलुन्जेल बाहिर संसार पनि रङीन हुनेनै भयो ।
  • सत्य युगकी सत्यदेवी, त्रेताकी सिता वा द्वापरकी द्रौपदी होइन- हामीलाई आजकी बिरङगना छोरीको हैसियत मात्र स्विकार छ । मलाई लाग्छ कोही दाजु, बुवा श्रीमान वा प्रेमी लाई यसमा आपत्ति हुने छैन।
  • अन्धबिश्वासको निम्ती कर्म एक सजाय हो, पौरखिको निम्ती रोजाइ । केही कर्मले बनाएको पहिचानको आकार सानो ठुलो हुँदैन । उपहारमा पहिचान खोज्नेहरु अक्सर आफु सँग भएको खुबी पनि काम लगाउदैनन।
  • ठुलो सोच पनि एउटा अजिब साथी हो जो भेट्टाउन नदिएर दौडन सिकाउछ ।
  • जीवनमा हरेकपल लाई एउटा स्वर्णिम उपहार मानेर मुस्कुराउनु - आफैले रोज्ने सौभाग्य हो ! होईन र ?
  • बुद्धको एउटा बचन छ,"तिमी आफै दिप बन" ।
  • गन्तब्यहरु टाढा र असम्भव हुँदैनन, अक्सर मनमा हौसला र मस्तिष्कमा सपनाको अभावले दुबिधा ल्याउछ ! त्यो सपना देख्नुस् जो कसैले देखेको छैन ।
  • प्रकृतिको हरेक रचना उपहारको रुपमा सबैलाई उपलब्ध छ, स्विकार गर्ने मन र पाउने अठोट चाहियो ।

स्रोत[edit | edit source]

आधिकारिक फसबुक