Wq/ne/राल्फ वाल्डो इमर्सन

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > राल्फ वाल्डो इमर्सन
राल्फ वाल्डो इमर्सन

राल्फ वाल्डो इमर्सन (१८०३-१८८२) प्रसिद्ध निबंधकार, वक्ता तथा कवि थिए । उनले अमरीकी नवजागरणको प्रवर्तक मानिन्छ । उनले मेलविन, ह्विटमैन तथा हाथार्न जस्ता अनेक लेखकहरू र विचारकहरूलाई प्रभावित गरे । उनी लोकोत्तरवादका नेता थिए जो एक सहृदय, धार्मिक, दार्शनिक एवं नैतिक आंदोलक थिए ।

कथनहरू[edit | edit source]

  • प्रत्येक व्यक्तिको लागि उसको विचार नै सबै तालाको चाबी हो ।
  • आउनुहोस हामी मौन बसौ ताकि देवदूतहरूको कानाखुसी सुन्न सकौ ।
  • डर सदैव अज्ञानतादेखि जन्मिन्छ ।
  • सम्पूर्ण जीवन नै एक प्रयोग हो । जति प्रयोग गर्छौ उति राम्रो हुन्छ ।
  • जति जति हामी बूढा हुदै जान्छौ सुंदरता हामी भित्र बिलिन हुदै जान्छ ।
  • प्रत्येक बिहान जब तपाई उठ्नु हुन्छ भगवानलाई धन्यवाद दिनुहोस तथा तपाई अनुभव गर्नुहोस तपाइले त्यो कार्य गर्नु छ जसलाई अवश्य गर्नु छ । चाहे हजुरलाई मन परोस अथवा नपरोस यसले तपाइको चरित्रको निर्माण हुन्छ ।
  • प्रत्येक कलाकार एक दिन नौसिखिया नै हुन्छ ।
  • बिना उत्साह आज सम्म केहि पनि महान उपलब्धि प्राप्त भएको छैन ।
  • प्रकृतिको गति स्वीकार्नु होस् त्यसको रहस्य पर्खिनु हो ।
  • जब एक पटक तपाई निर्णय गर्नु हुन्छ भने सारा सृष्टि तपाईलाई सहयोग गर्न तत्पर हुन्छ ।
  • एक पटक एक युवकलाई एक राम्रो सुजाब दिदै गरेको मैले सुने "सधै त्यही काम गर जसलाई गर्न तिमी डराउछौ"।
  • उत्साह, प्रयासको आमा हो, तथा यसको बिना आज सम्म कुनै ठुलो उपलब्धि प्राप्त छैन ।
  • हामी भित्र के लुकेको छ यसको तुलनामा हाम्रो विगतमा के थियो र भविष्य केहो यो धेरै सानु सानु कुरा हो ।
  • उनीहरूले जित्छन्, जसलाई यो विश्वास हुन्छ की उनीहरू जित्न सक्छन् ।
  • जो व्यक्ति लक्ष्य गर्न सक्छ त्यसको लागि कुनै कुरा असम्भव छैन ।
  • यदि कुनै असाधारण प्रतिभा भएको व्यक्ति संग हाम्रो भेट भयो भने हामीले त्यो संग सोधनु पर्छ ऊँ कुन कुन पुस्तकहरू पढ्छ ।

स्रोत[edit | edit source]