Wq/ne/मुहम्मद अली

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > मुहम्मद अली

कथनहरू[edit | edit source]

  • जुन व्यक्तिसंग कल्पनाशक्ति छैन, उसंग उड्नको लागि पखेटा छैनन् ।
  • मैले तालिमको हर क्षणलाई घृणा गर्थें। तर प्रत्येक पटक आफैलाई भन्ने गर्थें, ” तैले अहिले यो सहन सकीस् भने भविष्यमा ‘च्याम्पियन’ बन्न सक्छस् ।”
  • जसले जोखिम उठाउने जाँगर गर्दैन, उसले जीवनमा केही पनि प्राप्त गर्न सक्दैन ।
  • अरुको सेवा गर्नु भनेको पृथ्वीलाई आफू बसेको भाडा तिर्नु हो ।
  • जब तिमीले उचित उत्तर भेट्दिनौ, तिमी मौन रहनु उत्तम हुन्छ ।
  • मेरो उद्देश्यले नै मलाई मेरो कामको यो यात्रामा हिंड्न प्रेरित गर्छ ।
  • तिम्रो उमेर तिम्रो सोंचाईमा भर पर्छ। तिमीले आफूलाई जति बूढो सम्झिन्छौ, त्यती नै बूढो हुन्छौं।
  • मेरो मान्यता र नैतिकता मेरोलागि पैसा र मानपदवी भन्दा ठूलो हो ।
  • यदि कसैले यो संसारलाई आफू बीस वर्षको हुँदा जस्तो देख्थ्यो, पचास वर्षको उमेरमा पनि त्यस्तै देख्छ भने उसको जीवनको त्यो तीस वर्ष खेर गयो ।
  • जब मलाई मेरो काम र लक्ष्य थाहा छ भने, म तिमीले चाहेजस्तो बन्नु आवश्यक छैन ।