Wq/ne/मिरुना मगर

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > मिरुना मगर
सन् २०२२ मा मगर

मिरुना मगर (जन्म: १८ जुलाई १९९४) एक नेपाली अभिनेत्री हुन्।

कथनहरू[edit | edit source]

  • मलाई मेकअपमा एकदमै रुचि छ। छालालाई सुरक्षित राख्नका लागि हरेक दिन म हल्का मेकअप गर्छु। सुटिङमा गइरहनुपर्ने भएकाले मेकअप नगरी हुन्न। धेरैजसो सुटिङमा पनि म आफै मेकअप गर्छु। मेकअपमा मलाई ‘कन्सिलर’ नभई हुन्न। यसले अनुहार चम्किलो बनाउने भएकाले कन्सिलरको प्रयोग छुटाउँदिन।
  • कुनै पनि सही कार्य गर्नुको निम्ति समय गलत हुँदैन। तपाईंहरूमध्ये धेरैले मसँग बाँड्न आउनुभएको मेराजस्ता घटनाका कथाबाट म अत्यन्तै प्रभावित भएकी छु। यो समयमा यी कथाबाट साहस जुटाउन सकेकोमा तपाईंको प्रशंसा नगरिरहन सक्दिनँ। चुपचाप आफूले कहिल्यै दुःख नसहनुहोस् र गलतको विरुद्ध जहिल्यै लड्नुहोस्। अहिलेलाई जति नै कठिन भए पनि भोलिको दिनमा परिवर्तन अवश्य होला।

बाह्य कडीहरू[edit | edit source]