Wq/ne/मार्क त्वाइन

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > मार्क त्वाइन
  • यदि तिमीमा आत्मविश्वास र नकारात्मक टिप्पणीलाई बेवास्ता गर्ने हिम्मत छ भने सफलता हासिल गरेरै छोड्छौ।
  • यदि तिमीलाई कसैले विकल्पको रुपमा लिन्छ भने उसलाई तिमीले आफ्नो प्राथमिकता नबनाऊ।
  • हरेक व्यक्ति चन्द्रमा जस्तै हो। उसको उज्यालो भाग र अँध्यारो भाग हुन्छ। कुनैपनि व्यक्तिले आफ्नो अँध्यारो भाग देखाउन चाहँदैन।
  • सबैभन्दा पहिले तिमीले आफूमा भएका विशेषताहरुलाई राम्रोसंग चिन । त्यसपछि ती विशेषताहरुलाई आफू अगाडी बढ्नको लागि प्रयोग गर्न सकिने बनाऊ।
  • कुकुरहरु एक आपसमा झगडा गर्दा कुकुर कत्तिको ठूलो छ, त्यसले प्रभाव पार्दैन। लडाई कत्तिको ठूलो हो, त्यसले प्रभाव पार्छ।
  • उनीहरु आफैले आफूलाई नचिन्दा वा अरुले उनीहरुलाई चिन्न नसक्दा विलक्षण प्रतिभावान भएका हजारौं व्यक्तिहरु यत्तिकै मर्छन्।
  • धेरै साना चिजहरुलाई बुद्धिमत्तापूर्वक बाहिर ल्याउँदा धेरै ठूला चिज बनेर परिचित भएका छन्।
  • तिमी भित्र भएको ज्ञानलाई अरुले दिने ज्ञानले प्रभावित गर्न नदेऊ ।
  • आफ्नो पहिरनलाई भन्दा बढी आफ्नो मनलाई राम्रो बनाउने प्रयास गर।
  • तिम्रो लक्ष्यलाई मजाक बनाउनेको होइन तिमीलाई तिमीले सक्छौ भन्ने आभाष दिलाउने मान्छेहरुको संगत गर।