Wq/ne/महात्मा गान्धी

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > महात्मा गान्धी
महात्मा गान्धी

मोहनदास करमचन्द गान्धी (महात्मा गान्धी) (२ अक्टोबर १८६९ - ३० जनवरी १९४८) w:ne:भारत तथा भारतीय स्वतन्त्रता आन्दोलनका एक प्रमुख राजनीतिक एवं आध्यात्मिक नेता हुन् । यिनी विश्वका महापुरूषहरू मध्ये एकमा गनिन्छन् । बेलायती सरकारको उपनिवेशका रूपमा रहेका w:ne:दक्षिण अफ्रीकाको रङ्गभेद अन्त्य गर्न तथा w:ne:भारतलाई स्वतन्त्र गराउन यिनको ठूलो योगदान रहेको छ । अहिंसावादी नेता महात्मा गान्धीको सम्मानमा उनको जन्मदिवस २ अक्टोबरलाई w:ne:संयुक्त राष्ट्र संघले विश्व अहिंसा दिवसको रूपमा मनाउने गर्दछ । उनी w:ne:सत्याग्रह(व्यापक सविनय अवज्ञाको माध्यमबाट अत्याचारको प्रतिकारको आन्दोलन)का अग्रणी नेता थिए, उनको यस अवधारणालाई अहिंसात्मक आन्दोलन भनिएको छ । उनले भारतलाई w:ne:स्वतन्त्रता दिएर जनताका नागरिक अधिकारहरू तथा स्वतन्त्रता आन्दोलनका लागि सम्पूर्ण विश्वलाई प्रेरित गरे । उनलाई मानिसहरू महात्मा गान्धीको नामले चिन्दछन् ।

कथनहरू[edit | edit source]

  • आफ्नो इज्जत चाहनेले अरुको इज्जत गर्न जान्नुपर्छ।
  • गल्ती गर्दा पाप त हुन्छ नै परन्तु तर त्यसलाई लुकाउनु सबै भन्दा ठुलो पाप हुन्छ ।
  • बिहानको पहिलो काम यो गर की यस दिनको लागि संकल्प गर की म दुनियामा कोई संग डाराउदीन म केवल भगवानदेखि डाराउछु । म कसै प्रति नराम्रो भाव नाराखु म कसैको अन्यायको समक्ष न झुकु । म असत्यलाई सत्यदेखि जितु र असत्यको विरोध गर्दै म सबै कष्टलाई सहन सकूँ।
  • जो समय बचाऊ छन्। ती धन बचाउछन र बचाको धन, कमाको धनको बराबर हो ।
  • भविष्यमा के हुन्छ , म यो जान्दिन सोच्न चाहदीन मलाई वर्तमानको चिंता छ । ईश्वरले मलाई आउने दिनको क्षणमा कुनै नियंत्रण दिदैनन ।
  • जहाँ प्रेम छैन त्यहाँ जीवन पनि हुदैन ।
  • स्वतन्त्रता राष्ट्रको अनन्त यौवन हो ।
  • पुस्तक र मोतीमा यत्ती फरक छ कि मोती बाहिर चम्कन्छ भने पुस्तक अन्तस्करणमा ।
  • कमजोरले कहिल्यै क्षमा दिन सक्दैन । क्षमादान गर्नु वलिष्ठ व्यक्तिको गुण हो ।
  • पहिला तिनीहरूले वेवास्त गर्नेछन्, त्यसपछी तिमी उपर हास्नेछन्, त्यसपछी लड्नेछन्, र अन्त्यमा तिमीले जित्नेछौ ।
  • तिमीले संसारलाई जस्तो पर्वर्तित रूपमा देख्न चाहन्छौ पहिला तिमी स्वयं परिवर्तन हुनुपर्नेछ ।
  • यसरी बाँच कि तिमी भोली नै मर्दैछौ । तर यसरी सिक कि तिमी सधैभरी बाँच्दैछौ ।
  • मानिस आफ्नै सोचाइको उत्पादन हो, व्यक्ति त्यही बन्छ जे उ सोच्दछ ।
  • यदि तिमी अल्पमतमै छौ भने पनि सत्य भनेको सत्य हो ।
  • मेरो अनुमती विना कसैले पनि मलाई पिडा दिन सक्दैन ।

स्रोत[edit | edit source]