Wq/ne/मदर टेरेसा

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > मदर टेरेसा

मदर टेरेसामदर टेरेसा ( २६ अगस्ट, १९१० - ५ सेप्टेम्बर, १९९७)को जन्म अग्नेसे गोंकशे बोजशियुको नामबाट एक अल्बेनीयाई परिवारमा उस्कुब, ओटोमन साम्राज्य (आजको सोप्जे, मेसेडोनिया गणराज्य)मा भएको थियो। मदर टेरसा रोमन क्याथोलिक नन थिईन, जसको साथ भारतीय नागरिकता थियो। उनले १९५०मा कोलकातामा मिशनरीज अफ च्यारिटीको स्थापना गरिन। ४५ वर्षसम्म गरीब,बिरामी, अनाथ, र मर्न लागेका मानिसहरूको मदद गरिन र मिशनरीज अफ च्यारिटी प्रसारलाई पनि मार्ग प्रशस्त गरिन।

भनाइ[edit | edit source]

  • यो जीवन अरूको लागि होइन भने यो जीवन नै होइन ।
  • यदि हाम्रो मनमा शांति छैन भने यसको कारण हो कि हामीले यो भूलि सकेउ हामी परस्पर सम्बन्धी हौ ।
  • शान्ती मुस्कानबाट सुरूवात हुन्छ ।
  • हिजो गइसक्यो, भोली आएकै छैन, हामीसँग आज छ । आउन यसैलाई मनाऔं ।
  • यदि तिमीले सय जनालाई खुवाउन सक्दैनौ त एक जनालाई खुवाउ ।
  • यदि तपाई सय जनालाई ख्वाउन सक्नु हुन्न भने एकजनालाई नै ख़्वाउनुहोस ।
  • सबै भन्दा ठूलो रोग कसैका लागि केही बन्न नसक्नु हो ।
  • विश्व शान्तिका लागि तिमीले के गर्न सक्छौ ? घर गएर आफ्नो परिवारलाई माया गर्न ।
  • हामीसँग शान्ति छैन किनभने हामीले यो विर्सियौं की हामी एक अर्काका लागि हौं ।
  • रोटीको भन्दा प्रेमको भोक मेटाउन धेरै कठिन हुन्छ ।
  • यदि तिमीले व्यक्तीलाई मूल्याङ्कन गर्न थाल्यौ भने उसलाई प्रेम गर्न विर्सन्छौ ।
  • प्रेम सबैले टिप्नसक्ने सदावहार फल हो ।

स्रोत[edit | edit source]