Wq/ne/भानुभक्त आचार्य

From Wikimedia Incubator
< Wq‎ | neWq > ne > भानुभक्त आचार्य
Jump to: navigation, search
Bhanu salik Nepal Academy4.JPG

भानुभक्त आचार्य (वि. सं. १८७१ असार २९ – वि सँ १९२५ असोज ६)[1] नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कवि हुन् । उनी वाल्मीकि रामायणका अनुवादकका रुपमा प्रख्यात छन् । मोतिराम भट्टले उनलाई पहिलो पटक नेपाली भाषाका आदिकवि उपाधि दिएका थिए ।[2]। उनले प्रश्नोत्तर (वि.सं. १९१० ), भक्तमाला (वि.सं. १९१०), वधूशिक्षा(वि सं १९१९) [1] लगायतका कृतिहरू लेखेका छन्। उनका पाण्डुलिपिलाई संग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका हुन।


कथनहरू[edit]

  • घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
    म भानुभक्त धनी भैकन किन यस्तो.
    • घाँसी


  • बिन्ती डिट्ठा विचारीसित म कति गरूँ चुप् रहन्छन् नबोली
    बोल्छन् ता ख्याल् गर्या झैं अनि पछि दिनदिन् भन्दछन् भोलिभोली ।
    • बिन्ती डिट्ठा विचारीसित


  • यति दिन पछि मैले आज बालाजि देख्याँ,
    पृथिवि तलभरीमा स्वर्ग हो जानि लेख्याँ।
    • बालाजि


  • यति छन् भनि गन्नु काहाँ धनि ञाँ,
    खुसि छन् बहुतै मनमा दुनिञाँ,
    जनकी यसरी सुखकी सगरी,
    अलकापुरि कान्तिपुरी नगरी।।
    • कान्तिपुरी नगरी


  • जगत् मा खुप् धाञाँ न त सुफल पाञाँ कहिं रती।
    तपस्याको हानी हुनकन गयाको कहुँ कती।।
    तपस्या गर्न्या काल् अघि बिति गयो क्यारुँ अहिले।
    यसै योनीमा पार् सहज न तर्‌या तर्नु कहिले।
    • भक्तमाला


स्रोत[edit]

[[Category:Wq/ne/व्यक्तिहरू]

  1. 1.0 1.1 "भानु जयन्ती मनाइँदै : हिमालय टाईम्स"
  2. आदिकवि भानुभक्त आचार्य: मुना, असार २०६७