Wq/ne/भर्तृहरि

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > भर्तृहरि
भर्तृहरि

भर्तृहरि एक संस्कृत रचनाकार तथा क वि हुन । उनी उज्जैन (वर्तमान भारतको मध्यप्रदेशमा) राज्यका राजा थिए । उनले वाक्यपदिय तथा शतकत्रय को रचना गरेका थिए । उनले धर्मपूर्वक प्रजाको पालन गरेका थिए। उनको शासनमा प्रजा पनि ज्यादै सुखी थिए । तर कुनै कारणले उनमा ठूला वैराग्य उत्पन्न भयो । विभिन्न किम्बदन्तिहरूमा उनले उनकी रानी पिङ्गला को कारणले गर्दा राजकाज त्यागेर साहित्यिक क्षेत्रमा प्रवेश गरेको उल्लेख गरेको पाइन्छ । यस घटनालाई कवि शिरोमणि लेखनाथ पौड्यालले भर्तृहरि निर्वेद नाटकमा सो कुरा उल्लेख गरेका छन् ।

कथन[edit | edit source]

  • उपकार गर्नु सबैभन्दा ठूलो धर्म हो भने वैराग्य सबैभन्दा ठूलो मुक्ति हो ।
  • तृष्णालाई नष्ट गरी क्षमतालाई धारण गर ।
  • संसारमा सबैभन्दा प्रिय प्राणी भनेको विश्वासिली पत्नी हुन् ।
  • सत्पुरूष सम्पत्ति पाएर उन्माद हुँदैन ।
  • अधकल्चो मानिसलाई सम्झाउन ब्रह्मलाई पनि गाह्रो पर्छ ।
  • सम्पूर्ण कुरोको औषधि शास्त्रले बनाएको छ तर मूर्खको औषधी भने छैन ।
  • यां चिन्तयामि सततं मयि सा विरक्ता

साप्यन्यमिच्छति जनं स जनोऽन्यसक्त:। अस्मत्कृते च परिशुष्यति काचिदन्या धिक्ताञ्च तं च मदनं च इमां च मां च ॥ अर्थ