Wq/ne/ब्रूस ली

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > ब्रूस ली

ब्रूस ली एक हङकङ अमेरिकन मार्सल आर्टिस्ट, हङकङको चलचित्र क्षेत्रका द्वन्द कलाकार तथा चलचित्र निर्माता थिए । ब्रूस लीको जन्म स.न् १९४० को नोबेम्बर २७ मा स्यानफ्र्यानसिस्कोको चाईनाटाउन स्थीत भएको थियो ।

भनाई[edit | edit source]

  • सधै आफ्नो वास्तिक रूपमा रहनु, स्वयं लाई व्यक्त गर, स्वयंमा विश्वास राख, बाहिर गएर कुनै सफल व्यक्ति नखोज र त्यसको अनुकरण नगर ।
  • यदि तपाई आफ्नो जिन्दगीलाई माया गर्छौ भने। समय व्यर्थ बर्वाद नगर,किन भने त्यो समय नै हो जस्बाट जिंदगी बनेको छ ।
  • सजिलो जिन्दगीको लागि प्रार्थना नगर, गाह्रो जिन्दगी सहन सक्ने क्षमताको लागी प्रार्थना गर ।
  • सधै खुशी रहु तर कहिल्यै पनि सन्तुष्ट भएर नबस ।
  • समस्या र अभावहरुले घेरिएको ठाउँमा, मैले अवसरहरुको सिर्जना गर्छु ।
  • तिमीले सोंचेर र योजना बनाएर मात्र बस्न थाल्यौ भने कहीं पनि पुग्दैनौ । त्यसैले कम्तिमा दिनमा एकपटक आफ्नो लक्ष्यसम्म पुग्न आवश्यक काम गर।
  • मलाई एकपटकमा दश हजार ‘किक’ हान्न प्रयास गर्ने मान्छेसंग भन्दा एउटा ‘किक’ हान्न दश हजार पटक प्रयास गर्ने मान्छेसंग बढी डर लाग्छ ।
  • म तिम्रो चाहना अनुरुप जिउनको लागि जन्मेको होइन र तिमी पनि मैले चाहे अनुसारको जीवन बिताउन जन्मेको होइनौ ।
  • असफलता होइन की ठूलो लक्ष्य नराख्नु अपराध हो ।
  • जान्नु ठूलो कुरा होइन, त्यसलाई कार्यन्वयन गर्नु मूख्य कुरा हो । त्यस्तै, चाहना राख्नु ठूलो कुरा होइन, त्यसको लागि काम गर्नु ठूलो कुरा हो ।
  • यदि भगवान छ भने, त्यो तिमीभित्रै छ । आफ्नो जीवनलाई कस्तो बनाउने, त्यो तिमीमा भर पर्छ ।
  • राम्रो शिक्षकले आफ्नो प्रत्यक्ष प्रभाव आफ्ना विद्यार्थीहरुमा पर्न दिंदैन ।
  • कहिल्यै पनि एउटा आकारमा आफूलाई नखुम्च्याउ । पानी जसरि बग र आफ्नो आकार आफ्नै चाहनाले बनाउंदै हिंड।
  • पौडी खेल्न सिक्न चाहन्छौ भने, पानीमा हाम फाल । जमिनमा उभिएर तिम्रो त्यो चाहना पूरा हुन सक्दैन ।
  • जीवन आफैमा एउटा पाठ हो र प्रत्येक पल तिमीले त्यसलाई पढिरहेको छौ ।
  • नियमहरुको पालना गर । तर, ती नियममा मात्र सिमित नबन ।

स्रोत[edit | edit source]