Wq/ne/बेयर ग्रिल्स

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > बेयर ग्रिल्स

एडवर्ड माइकल ग्रिल्स (जन्म ७ जुन १९७४) एक बेलायती साहसी, लेखक, टेलिभिजन प्रस्तोता र व्यापारी हुन्।

कथनहरू[edit | edit source]

  • म डर नै नभएको मान्छे होइन । म धेरैपटक डराइरहेको हुन्छु । तर, त्यो डरको सामना गरेर त्यसलाई कसरि आफ्नो क्षमता तिखार्नमा प्रयोग गर्ने भन्ने मलाई थाहा छ ।
  • यदि कुनै अवरोध बीनाको बाटो भेट्टाउछौ भने याद गर, त्यसले तिमीलाई कहीं पनि पुर्याउदैन ।
  • हाम्रो चाहना र लक्ष्यले, जीवन र मृत्यु बीचमा रहेको त्यो घेराको निर्धारण गर्छ।
  • म कसैको उपकार वा उच्च परिवार तथा समाजका कारण यहाँ सम्म आइपुगेको होइन । म मेरो आत्मविश्वासका कारण यो ठाउँसम्म आइपुगेको हूँ।
  • आफू प्रतिको विश्वासले नै मलाई भिन्न काम गर्ने हिम्मत जगाइदिन्छ ।
  • जीवनमा बाँच्ने हिम्मत गर्ने मानिस, जहाँ पुगे पनि कम्जोर बन्दैन , चाहे त्यो मरुभूमी पुगोस् या रंगाशालामा ।
  • जीवनमा तिमीले एकपटक मात्र मौका पाएका हुन्छौ र त्यो मौकालाई तिमीले साहसका साथ पूर्ण रुपले मुट्ठीमा लिनुपर्छ ।
  • जीवन, सपनाहरुको संगालो हो । तिम्रो सपनाबाट विमुख बनाउन मानिसहरुले ‘त्यो काम होइन, अरु अर्थपूर्ण काम गर’ भन्छन् । तर, तिमी ती भनाइहरुसंग लडेर आफ्नो सपना पछ्याउनमा लाग ।
  • सपना देख्न धेरै सजिलो छ । तिम्रो परिक्षा त तब सुरु हुन्छ, जब तिमीले सपना पूरा गर्नको लागि आफ्ना पाइला चाल्न थाल्छौ ।
  • यदि कुनै घटना, चिज वा मानिसलाई सम्झेर तिम्रो दिमागमा नकारात्मक विचार आइरहेको छ वा त्यसले सताइरहेको छ भने , त्यसलाई दोहोर्याएर याद गरिराख, त्यसपछि मुस्कुराउ, धन्यवाद देउ र अगाडी बढ । तिम्रो मन हल्का हुनेछ भने दिमागमा नयाँ ऊर्जा थपिनेछ ।