Wq/ne/बुद्धि सागर

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > बुद्धि सागर

बुद्धि सागर नेपाली साहित्य का उपन्यासकार हुन् । उनी कर्णाली ब्लुज उपन्यासद्वारा चर्चामा आएका थिए ।

कथन[edit | edit source]

  • असल शिक्षा त्यो हो जसले प्रश्न गर्न सिकाउँछ । खराव शिक्षा त्यो हो जसले उत्तर रट्न सिकाउँछ ।
  • अरुले आफ्ना बारेमा के सोच्छन्, त्यो महत्वपूर्ण होइन । आफूले 'आफ्ना' बारेमा के सोचिन्छ, त्यो महत्वपूर्ण हो ।
  • एसएमएस जस्तो स्वाट्ट आउने र फ्याट्ट जाने कुरा नगर । कुरा गर त, चिठीजस्तो । ढिला आउने, पढिरहूँ लाग्ने ।
  • त्यो नै असल मानिस हो, जसले हरेक बिहान ऐना हेर्दा, प्रतिबिम्बमा आउने मानिसप्रति गर्व गर्न सक्छ ।
  • अहिलेका पीडाहरुनै पछि गएर जीवनका अमूल्य सम्पति हुनेछन् ।
  • बाटो ओरालो लागेर पातालै पुगेपनि एक न एकदिन उकालो लाग्छ । त्यसैले हिँड्न छाड्नु हुँदैन ।
  • सबैभन्दा ठूलो बरदान-- काम गरिगरि कामले नै थाक्नु । सबैभन्दा ठूलो श्राप-- आराम गरिगरि आरामले नै थाक्नु ।
  • शिशिरमा झरेको अन्तिम पातले बसन्तमा फूलहरुको लस्कर लिएर आउँछ । आँसु त्यतिकै खसेको होइन ...
  • फूलको काम फुल्ने हो, फुलिरहन्छ । मेरो बासनाको 'मूल्याँकन' भएन भनेर कचकच गर्देन।
  • एकपल्ट आफूले दिएका आँसु पुछि दिएर त हेर, फेरि अरुलाई रुवाउन मन मान्दैन ।