Wq/ne/बिल गेट्स

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > बिल गेट्स

विलियम हेनरी "बिल गेट्स तृतिय" (जन्म २८ अक्टुबर १९५५) एक अमेरिकी ब्यापारी, आविष्कारक तथा माइक्रोसफ्ट कम्पनीका संस्थापक अध्यक्ष हुन । उनी विश्वकै धनी व्यक्ति हुन्। उनले ३० वर्षको उमेरमा लखपति बन्ने सपना देखेका थिए तर ३१ वर्षको उमेरमा नै उनी करोडपति बन्न सफल भए।

कथन[edit | edit source]

  • जीवन अनुकूल छैन – राम्रो हुन्छ की यसैको बानी बसाऊ ।
  • तपाइको सम्मानको चिन्ता दुनियाले गर्दैन । दुनिया यो अपेक्षा गर्छ कि तपाई स्वयंको बारेमा राम्रो महसूस गर्नु यो भन्दा पहिले तपाई केहि काम पूरा गर्नु ।
  • घरदेखि बाहिर निक्लिने बित्तिकै तपाई हजारौ रुपैया कमाउन सक्नु हुन्न । जब सम्म तपाइ कमाउनु हुन्न तब सम्म car र फोन लिन सक्नु हुन्न ।
  • यदि तपाईदेखि केहि गल्ती भयो भने त्यो तपाइको बाऊ आमाको गल्ती होइन । आफ्नो गल्तीले रुनुको सट्टा त्यसबाट केहि सिक्नु ।
  • आफूलाई यो संसारको कुनै पनि व्यक्तिसंग नदांज । यदि त्यसो गरिरहेको छौ भने, तिमीले आफूलाई हेपीरहेको छौ।
  • यदि गरीब जन्मिएको हौ भने, त्यो तिम्रो गल्ती होइन। तर, यदि गरीब नै भएर मर्यौ भने, त्यो तिम्रो गल्ती हुनेछ ।
  • धैर्यता सफलताको लागि चाबी हो ।
  • आफूलाई आफैले खोज र पत्ता लगाऊ ।
  • ठूलो सफलता प्राप्त गर्नको लागि ठूला चुनौतीहरुको सामना गर्ने हिम्मत गर्नुपर्छ।
  • सफलताको उत्सव मनाउनु ठीक हो । तर, असफलताले दिन खोजेको पाठलाई बुझ्नु महत्वपूर्ण हो ।
  • मैले मेरो धेरै समय पुस्तक पढ्नमा बिताएको छु ।
  • सबै मानिसको लागि आलोचक र सल्लाहकारको आवश्यकता हुन्छ । त्यसले सफलताको बाटोमा हिंड्न मद्दत गर्छ ।
  • आउँदा शताब्दिहरुमा, अरुलाई सशक्त बनाउने व्यक्तिहरु नै नेतृत्वदायी भूमिकामा हुनेछन् ।
  • सिर्जनात्मक कामको परिक्षणमा असफलता मिल्यो भने पनि, त्यो पुरस्कार योग्य हुन्छ ।
  • हामीलाई कामको अन्त्यमा मिल्ने सफलता, सुरुवात गर्दा देखिका दिनहरुको साझेदारीमा आधारित हुन्छ ।
  • मानिसहरु परिवर्तनसंग सधै डराउँछन् । बिजुलीको आविष्कार पहिलोपटक हुँदा पनि त मानिसहरु डराएका थिए, होइन र?
  • टेलिभिजन वास्तविक जीवन होइन । वास्तविक जीवनमा त, मानिसहरु कफी सपलाई छोडेर जागिरको लागि हिंड्नुपर्छ।
  • जिवन सजिलो छैन, यसमा आफूलाई अभ्यस्त बनाऊ ।
  • तिम्रा असन्तुष्ट ग्राहकहरु नै तिम्रो लागि सिकाइका मूख्य स्रोत हुन् ।
  • मैले जान्दिन वाक्यलाई मैले अहिलेसम्म जान्दिन बनाऊ ।

स्रोत[edit | edit source]