Wq/ne/बाराक ओबामा

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > बाराक ओबामा
  • यदि तिमी आफ्नो मनले रोजेको सही बाटोमा हिंडिरहेको छौ र अझै हिंड्ने चाहना राख्छौ भने, यो निश्चित छ कि, तिमीले प्रगति गर्दैछौ ।
  • आवश्यक कदम उठाउनको लागि यदि तिमीले अरु कोही व्यक्ति वा समयलाई पर्खिन्छौँ भने, परिवर्तन कहिल्यै पनि आउंदैन।
  • हामीले यसरि काम गरेर देश बनाउनुपर्छ की, हाम्रा बच्चाहरुले आफ्नो देशमा उनीहरुको आशा अनुसारको जीवन पाउन् ।
  • निन्दनीय शब्दहरु वा भाषणको विरुद्धमा दमन होइन, भाषण नै प्रयोग गर्नुपर्छ।
  • जीवनको कुनै पनि मूल्यवान चिज प्राप्त गर्न सजिलो छैन ।
  • हामी भविष्य देखि डराउने होइन, भविष्यलाई आकार दिने बन्नुपर्छ ।
  • प्रगतिको बाटो कहिल्यै पनि सिधा र सजिलो हुँदैन ।
  • एकजना मानिसको आवाजले पुरै कोठा भरिको माहोल परिवर्तन गरिदिन सक्छ।
  • यदि तिमीले कडा मेहनत गर्दै आफ्नो दायित्व पूरा गर्न थाल्छौ भने, तिमीले कसरि सुरु गर्यौ र को थियौ भन्ने कुराले असर * गर्दैन । तिमी धेरै अगाडी बढ्न सक्छौ।
  • संसारमा आफ्नो प्रभाव छोड्न, आफ्नो नाम बनाउन त्यति सजिलो थियो भने, सबैले बनाउने थिए । त्यसको लागि त मेहनत, लक्ष्य, दृढता, धैर्यता, आत्मविश्वासको आवश्यकता पर्छ ।
  • प्रत्येक महिला स्वतन्त्र तरिकाले हिंड्न पाउनुपर्छ । प्रत्येक महिलालाई आदरका साथ व्यवहार गरिनुपर्छ।