Wq/ne/पेले

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > पेले
  • सफलता कुनै आकस्मिक घटना होइन । यो त लगातारको सिकाइ, प्रयास, मेहनत, आत्मविश्वास, दृढता र कामप्रतिको मायाको नतिजा हो ।
  • कोही पनि जन्मजात केही बन्नको लागि जन्मिएको हुंदैन । उसको आफूभित्रको क्षमतालाई चिनेर त्यसलाई आफ्नो वातावरणमा कसरि प्रयोग गर्छ, त्यही अनुसार उसले आफ्नो परिचय बनाउँछ ।
  • उत्साह नै सबैथोक हो । यो गितारको स्ट्रिंग जस्तै झंकृत भैराख्नुपर्छ ।
  • यो संसारमा सबै कुरा खेल हो । हामी सबै एउटा समयबाट अर्को समयमा पास हुँदै मर्छौं ।
  • यदि तिमी राम्रो खेलाडी बन्न चाहन्छौ भने, खुट्टा र दिमाग दुवैलाई संगै चलाइरहनुपर्छ ।
  • कहिल्यै पनि कुनै एकजनाले मात्र खेल जित्न सक्दैन ।
  • तिमीले कतिपटक खेल जित्यौ, त्यसले सफल मानिदैन । तिमीले हारेर पनि विश्वासका साथ फेरी खेलेर जित्यौ भने सफल बन्छौ।
  • राम्रो टिम राम्रा खेलाडीहरु रोजेर बनाइएको हुंदैन । राम्रो टिममा आ-आफ्नो छुट्टाछुट्टै विशेषता भएका खेलाडीहरु हुन्छन् ।
  • मृत्युको दिन आउँदा पनि म खुशी हुनेछु । किनकी मैले मेरो जीवनमा आफूले सक्दो प्रयास गरेको छु ।