Wq/ne/परमहंस योगानन्द

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > परमहंस योगानन्द
परमहंस योगानंद

परमहंस योगानन्द(५ जनवरी १८९३ – ७ मार्च १९५२), २० औ सताब्दीका एक आध्यात्मिक गुरू, योगी र संत थिए । उन्ले आफ्नो अनुयायिहरूलाई क्रिया योग उपदेश दिए तथा सबै विश्वमा त्यसको प्रचार तथा प्रसार गरे । योगानंदको अनुसार क्रिया योग ईश्वरबाट साक्षात्कारको एक प्रभावी विधि हो , जसको पालनादेखि आफ्नो जीवनलाई सम्हाल्न र ईश्वरसंग अग्रसर हुन सकिन्छ । योगानन्द प्रथम भारतीय गुरु थिए जसले आफ्नो जीवनको कार्यलाई पश्चिममा गरेका थिए ।

कथन[edit | edit source]

  • असफलताको मौसम, सफलताको बीउ रोप्नको लागि सर्वश्रेष्ठ समय हुन्छ ।
  • सबै भन्दा राम्रो उपाय त्यो हुन्छ जो लाइफ एनर्जीलाई पुन: अन्दरूणी चिकित्सा आरम्भ गर्न मद्दत गर्छ ।
  • आफुलाई सर्वश्रेष्ठ गर र अनि मात्र आराम गर
  •  एक फुटेको माइक्रोफोन सन्देश प्रसारित गर्न सक्दैन , त्यसरी नै एक अस्थिर मन भगवान्को प्रार्थना गर्न सक्दैन ।
  • शान्ति भगवान्को वेदी हो, त्यो परिस्थिति जसमा खुशी उपस्थित हुन्छ ।
  •  एक नश्वर प्राणीको रूपमा तपाई सीमित हुनुहुन्छ । तर भगवानको संतानको रूपमा तपाई असीमित हुनुहुन्छ । आफ्नो ध्यान तपाई भगवान् मा केन्द्रित गर्नुहोस , र तपाईलाई जे चाहियो त्यो शक्तिहरू कुनै पनि दिशामा उपयोग गर्नको लागि मिल्न सक्छ ।
  • जब जब तपाई केहि निर्मित गर्न चाहनु हुन्छ बाह्य स्रोतमा निर्भर नहुनु होस भित्रको गहिराई सम्म जानु होस र अनंत स्रोतलाई खोज्नुहोस ।
  •  सफलताको एउटा अरु योग्यता छ की हामी मात्र सामंजस्यपूर्ण र लाभकारी परिणाम ल्याउदैनौ अपितु त्यसको लाभ अरु संग पनि साझा गर्छौ ।
  • यदि तपाई दुखी हुन चाहनु हुन्छ त, संसारमा तपाईलाई कसैले केहिले खुसी गर्न सक्दैन । तर तपाई खुसी रहने मन गर्नु होस यो संसारमा कोई पनि र केहि पनि तपाईदेखि त्यो खुसी खोस्न सक्दैन ।
  • लाखौ मानिसहरू कहिले स्वयंको विश्लेषण गर्दैनन् । मानसिक रूपदेखि ती आफ्नो वातावरणको फैक्ट्रीको मैकेनिकल प्रोडक्ट हुन्छन् । नश्ता, दिउसोको खाजा, रात्रिको खाना, काम गर्नु र सुत्नु, मनोरंजनको लागि यता उता घुम्नु बस यही कुराहरूमा अलझी राख्छन् । उनीहरु जान्दैनन् की उनीहरू के गर्दै छन् र के खोज्दै छन् न यो जान्दछन् की उनीहरूलाई किन कहिले पूर्ण प्रसन्नता र स्थायी संतुष्टिको अनुभव हुदैन । आत्म-विश्लेषणदेखि बंचित भएर मानिस वातावरणको अनुसार रोबोट हुदैछन् । साँचो आत्म-विश्लेषण प्रगतिको सबै भन्दा ठुलो कला हो ।
  • जस्तो म अरुलाई माया गर्छु र सद्भाव दिन्छु, म भगवानको प्रेम प्राप्त गर्ने प्रवाह खोल दिन्छु ।
  • लहरहरू सागर जस्तै हुन्छन्,हुन त पुरै सागर त हुदैन । त्यसैले सृष्टिको प्रत्येक लहर आत्माको अनन्त महासागरको एक हिस्सा हो। सागर लहरहरूको बिना रहन सक्छ, तर लहर सागर बिना रहन सक्दैनन् ।
  • यदि तपाइको मन मजबूत हो र तपाई त्यसमा एक दृढ संकल्प स्थापित गरीदिनु हुन्छ भने तपाई आफ्नो भाग्य बदलन सक्नु हुन्छ ।
  • केवल आफ्नो हृदयको खुसी आत्मालाई संतुष्ट गर्न सक्दैन , हामीलाई आफ्नै खुसीको लागि प्रयत्न गर्नु पर्छ की त्यसमा अरुको खुसी पनि समावेश गर्न सकौ ।
  • स्वयम्लाई परिवर्तन गर्नुहोस र संसारलाई परिवर्तन गर्ने जून तपाईको भाग थ्यो त्यो पूरा गर्नुहोस ।
  •  प्रेम भगवानको लागि गाइएको आत्माको गीत हो

स्रोत[edit | edit source]