Wq/ne/नरेन्द्र मोदी

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > नरेन्द्र मोदी
मोदी

नरेन्द्र दामोदर दास मोदी( जन्म: १७ सेप्टेम्बर १९५०) गणतन्त्र भारतको वर्तमान प्रधानमन्त्री तथा भारतीय राजनीतिज्ञ तथा भारतीय जनता पार्टीको नेता हुन् । नरेन्द्र मोदीको जन्म १७ सेप्टेम्बर १९५० मा भारतको गुजरातमा भएको थियो । उनी २००१ देखि २०१४ सम्म गुजरातको मुख्यमन्त्री रहे । सन् २०१४ को लोकसभा चुनावमा भारतीय जनता पार्टीले बहुमत ल्याएपछि उनी भारतको प्रधानमन्त्री बनेका हुन् ।

कथनहरू[edit | edit source]

  • जती तपाई म माथि हिलो हाल्नु हुन्छ तेतिनै धेरै कमल फुलछ ।
  • कुनै पनि राजनीतिक पार्टीको लागि उसको घोषणापत्र गीता र कुरान जस्तो हुनु पर्छ ।
  • लोकतन्त्रमा जनमत सदैव निर्णायक हुन्छ र हामी सबैले विनम्रताका साथ यसको स्विकार गर्नुपर्दछ ।
  • राजनितिमा कुनै पूर्णविराम हुदैन ।
  • हामी कुनै व्यक्तिको सनकद्वारा सरकार चलाउदैनौ । हाम्रो विकास सुधारद्वार सञ्चालित छ, हाम्रो सुधार नितीद्वारा सञ्चालित छ र हाम्रो निती जनताद्वारा सञ्चालित छ ।
  • मेरो निम्ती राजनीति महत्वकांक्षा होइन बल्की एक मिशन हो ।
  • मेरो निम्ती धर्म काम प्रति निष्ठा हुनु हो र निष्ठापूर्वक काम गर्नु धार्मिक हुनु हो ।
  • कडा मेहेनतले हामीमा थकान होइन सन्तोष ल्याउदछ ।
  • इच्छा स्थिरता=संकल्प, संकल्प कडा मेहेनत=सफलता ।
  • समाजसेवाले हामीलाई आफ्नो रिण चुकाउने मौका प्रदान गर्दछ ।
  • तिनीहरू जो हिडिरहन्छन् उनीहरूले मिठो प्रतिफल प्राप्त गर्दछन् । यसर्थ अघि बढ्दै गर ।
  • हामी सबैमा असल र खराब गुण हुन्छन् । जसले असल गुणमा आफ्नो ध्यान केन्द्रित गर्छ उही सफल बन्दछ ।
  • मन कहिल्यै हाम्रो समस्या होइन, समस्या त हाम्रो मानसिकता हो ।

स्रोत[edit | edit source]