Wq/ne/ज्याक माका

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > ज्याक माका
ज्याक मा

ज्याक माचीनको सबैभन्दा धनि व्यक्ति हुन्। मा यूं (चिनियाँ:马云, [mayn][mɑ̀y̌n]; जन्म सेप्टेम्बर १०, १९६४),व्यावसायिक रूपमा ज्याक मा को नामबाट प्रसिद्ध, एक चिनियाँ व्यावसायी तथा अलिबाबा समूहको संथापक तथा कार्यकारी अध्यक्ष हुन् । उनि टुरिस्ट गाईडबाट उद्धमी बनेका सुचना प्रविधि क्षेत्रका व्यवसायी हुन् । विश्वका सफल व्यवसायीहरु हुन ।

कथन[edit | edit source]

  • सफलताका लागि धैर्यता निकै जरुरी छ ।
  • जिन्दगी निकै छोटो छ, र निकै सुन्दर पनि । कामप्रति धेरै गम्भीर नहुनुस र जिन्दगीको मज्जा लिनुस् ।
  • संसारमा पैसाको कुनै कमी छैन । कमी छ त केवल सपना देख्ने मानिसहरुको ।
  • बस्तुको मूल्यमा कहिल्यै प्रतिस्पर्धा नगर्नुस् । प्रतिस्पर्धा गर्नुस् त केवल सेवा र सिर्जनशीलतामा ।
  • जब तपाईंले प्रयास नै गर्नु भएको छैन भने तपाईंलाई कसरी थाहा हुन्छ कि कुनै अवसर छ कि छैन भन्ने कुरा ?
  • म जो हुँ उही रहन्छु । तब मलाई खुसी र सफलता मिल्छ । त्यसैले आफू जो हो उही बन्ने प्रयास गर्नुस्, न कि कसैको कपिक्याट ।
  • जब म अरु कोहि बन्ने कोसिस नगरेर, म जे हूँ त्यही बन्छु, तब म भित्रै देखि खुसी हुन्छु र काममा राम्रो प्रतिफल पाउँछु।
  • तपाईंलाई संगतका लागि इमान्दार व्यक्ति चाहिएको छ, न कि सबैभन्दा इमान्दार ।
  • कहिल्यै हार नमान्नुस् । आज कठिन छ । भोलि अझै कठिन हुनेछ । तर, नआत्तिनुस् पर्सी अवश्य दिन आउनेछ ।
  • यदि तपाईंले हार मान्नु भएन भने तपाईंको अघि अर्को एउटा मौका हुनेछ । हार मान्नु नै असफलताको सबैभन्दा ठूलो कारण हो ।
  • तिमीले तिम्रो प्रतिस्पर्धी संग सिक्नुपर्छ। तर उसको अनुकरण गर्नु हुँदैन। जब अनुकरण गर्छौ, तिमी हराउँछौ।
  • जहाँ गुनासो हुन्छ, त्यहीँ मौका पनि हुन्छ ।

स्रोत[edit | edit source]