Wq/ne/चुडामणि शास्त्री (ढकाल)

From Wikimedia Incubator
< Wq‎ | neWq > ne > चुडामणि शास्त्री (ढकाल)
Jump to: navigation, search

चूणामणि शास्त्री नेपाली साहित्यिक क्षेत्रका प्रभावशाली एवं विशिष्ट प्रतिभा चूडामणि शास्त्री (उपाध्याय, ढकाल)को जन्म वि.सं. १९८२ पौष १० गते मेची अञ्चल को इलाम नामसालिङ्मा र देहावसान वि.सं. २०५३ मंसिर २४ गते भारतको नयाँ दिल्लीमा भएको हो। पिता हरिदत्त ढकाल रमाता यशोदादेवीका एकमात्र छोरा कवि शास्त्रीले वि.स. २००० देखि २०१६ सालसम्म भारतको आसाम प्रान्तमा प्रवासी जीवन बिताउदै त्यहींबाट आफ्नो साहित्यक यात्रा प्रारम्भ गर्नु भएको पाइन्छ। त्यसपछि लगभग १० वर्ष चितवन र ५ वर्ष निजगढ (बारा)मा रहेर साहित्यको सेवा गर्दै वहाँ २०३१ सालदेखि जीवनपर्यन्त स्थायी रूपले महेन्द्रनगरमा रहदै आउनु भएको थियो। यसरी बसाइमा स्थिरता नभएकाले वहाँका प्रारम्भिक कृतिहरू असम (भारत) तथा त्यस पछि क्रमश चितवन, बारा र महेन्द्रनगरबाट प्रकाशित भएका देखा पर्दछन्।

केहि कथनहरू[edit]

  • गरीबी ऐश्वर्यी नरकसँग स्वर्गामृत विष

छ मैत्री विद्वेषी अपहृत हुने द्वन्द्वज–वश प्रभो ! व्यापिन् ! स्वामीन् ! धन भरितको दिव्यपुरमा मिल्यो सर्वात्माको अतुलमय यो दर्शन यहाँ।। जती जे देखिन्छन् सुख, दुःख र चिन्ता समनमा कृपाकोपागार द्विविधतर शीतोष्ण पनमा हुने अन्तर्यामी प्रभु–परित द्विव्योत्तम नदी उनै स्वामी बस्ने स्थल विषद हो ‘द्विव्यनगरी’।। [1]

  • सुछाँया घामै या अणु र सुमहत् जङ्गमहरू सँगै सारा बस्तु प्रभुमय भए तापनि प्रभु। हुने टाढा उन्का सुरगण बसे पुण्य पुरमा बिना उन्का पाउ अरु न त कुनै रक्षक यहाँ।। [2]
  • अमरगण सबै ती श्रीशले नै रचेका

स्तुति वचन गरेरै देवता हुन् जुटेका। प्रभुगत भइ अंश प्रेमधारा बगेका असुर गण छुटाइ स्वर्गमा छन् रमेका।। दृढ समय बनाई साधनायुक्त भक्त परम पुरुषलाई प्राप्त गर्ला यथार्थ हृदयगत हुँदामा दिण्य पीयूष रूप प्रभुकृत गरि यज्ञ ज्योति होस् पूर्णरूप।। [3]

उनको बारेमा केहि भनाई[edit]

स्रोत[edit]

  1. (सहस्रगीति (पृष्ठ ४९०–४९१)
  2. (ऐ. पृष्ठ–४९७)
  3. (वेदांश–चूडामणि पृष्ठ–५३)