Wq/ne/चार्ली च्याप्लिन

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > चार्ली च्याप्लिन

चार्ली च्याप्लिन एक बेलायती अभिनेता,

चलचित्र-निर्माता , हास्य अभिनेता ,निर्माता, पटकथा-लेखक, सम्पादक र रचनाकार जस्ता बहुप्रतिभाशाली खुबी भएको विश्वचर्चित व्यक्तित्व हुन् । उनको जन्म स.न् १८८९ को अप्रिल १६मा बेलायत को राजधानी लण्डन सहरमा भएको थियो ।

कथन[edit | edit source]

  • हाँसो बिनाको दिन भनेको जीवनको खेर गएको दिन हो।
  • यो संसारमा कुनै पनि कुरा स्थायी छैन, तिम्रो दु :ख पनि।
  • तिमीले तल जमिनमा मात्र हेर्छौ भने, कहिल्यै पनि ईन्द्रेणी देख्न सक्दैनौ।
  • साँचो अर्थमा खुलेर हाँस्नको लागि तिमी दु:खलाई राम्रोसंग लिन सक्ने र त्यसलाई खेलाउन सक्ने हुनुपर्छ।
  • मेरो दु: ख कसैको लागि हाँसो हुनसक्छ, तर मेरो हाँसो कसैको दु:ख हुनुहुँदैन।
  • यदि काम गर्दैनौ भने, तिम्रो सपना वा कल्पनाको कुनै अर्थ रहँदैन।
  • मैले मेरा ओठहरुलाई मेरा समस्याहरु थाहा हुन दिन्न। त्यसैले ती सधै मुस्कुराउँछन्।
  • तिम्रो नाङ्गो शरीरमा हक उनीहरुको मात्र लाग्नुपर्छ, जसले तिम्रो नाङ्गो आत्मालाई, तिम्रा हरेक गुण-अवगुणलाई स्वीकार्छ।
  • सरलता भनेको साधारण कुरा होइन।
  • म पानी परिरहेको समयमा रुझ्दै हिंड्न मन पराउँछु, किनकि त्यतिबेला म रोईरहेको अरुले चाल पाउन सक्दैनन्।
  • मेरो एकमात्र शत्रु भनेको समय हो।
  • जीवन भनेको उत्साह, चाहना हो। जीवनको कुनै निश्चित अर्थ हुँदैन।
  • जब तिमी मुस्कुराउँछौ, तब मात्र थाहा पाउँछौ कि, जीवन अमूल्य छ।

स्रोत[edit | edit source]