Wq/ne/गौतम बुद्ध

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > गौतम बुद्ध

भगवान् गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको साक्षात्कार गरेको महामानव बुझिन्छ । बुद्ध कहलाईनु अघि यिनको नाम सिद्धार्थ गौतम थियो । यिनीलाई शाक्य मुनि गौतम बुद्ध पनि भनिन्छ ।


कथनहरू[edit | edit source]

  • सबै चिजहरु अनित्य छन्, त्यसैले कुनै पनि वस्तुप्रति आशक्त नहोऊ ।
  • हामी हाम्रा विचारले बनेका हुन्छौं । हामी जे सोच्छौ, त्यही बन्छौ । जब दिमाग पवित्र हुन्छ, तब आनन्दले छायाँले जस्तै पछ्याउछ ।
  • तीन चीजलाई धेरै दिन सम्म लुकाएर राख्न सकिदैन - सूर्य, चन्द्र, र सत्य ।
  • हामीलाई अरु कसैले बचाउन सक्दैन। हामीलाई बचाउने भनेको, हामी आफू स्वयंले हो।
  • हामीले जे सोच्छौं, हामी त्यही बन्छौं।
  • तीन कुरा लामो समयसम्म लुक्न सक्दैनन् , सूर्य, चन्द्रमा र सत्य।
  • शान्ती बाहिर खोजेर भेटिंदैन, त्यो आफूभित्र खोज्नुपर्छ।
  • तिमी अरुमाथि निर्भर नबन। आफ्नो बाटो आफ्नो विचार अनुसार हिंड।
  • मैले के गरिसकें त्यो हेर्दिन। मैले के गर्न बाँकी छ, त्यो हेर्छु।
  • भगवानलाई पूजा गर्नुभन्दा सत्यलाई आत्मसात गर्नु महत्त्वपूर्ण हुन्छ।
  • थोपा, थोपा संकलन भएर भाँडो भरिन्छ।
  • सबैकुरा हाम्रो विचारबाट सिर्जना हुने हो। विचारले गर्दा नै हामीले संसार बनाउन सक्छौं।
  • स्वास्थ्य सबैभन्दा ठूलो उपहार हो, सन्तुष्टी सबैभन्दा ठूलो धन हो र इमान्दारिता सबैभन्दा ठूलो सम्बन्ध हो।
  • आफ्ना विचारहरुलाई खराव काम हुन नपाओस भन्ने कुरमा सजग राखौं किनभने हामीजस्तो रोप्छौं, त्यस्तै टिप्छौं । त्यसैले आफ्नो विचारलाई उच्च बनाउनुहोस्, श्रद्धा र दृढतालाई अपनाउनुहोस् ।

स्रोत[edit | edit source]