Wq/ne/खलील जिब्रान

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > खलील जिब्रान
खलील जिब्रान

खलील जिब्रान ( ६ जनवरी, १८८३ – १० जनवरी, १९३१) एक लेबनानी-अमेरिकी कलाकार, कवि तथा न्यूयार्क पेन लीगका लेखक थिए । उनलाई आफ्नो चिन्तनको कारण समकालीन पादरिहरू र अधिकारी वर्गको रिसको भागीदार हुनु परो र जातिदेखि बहिष्कृत गरेर देश निकाला सम्म गरिदिए । आधुनिक अरबी साहित्यमा जिब्रान खलील 'जिब्रान'को नामबाट प्रसिद्ध छन् । तर अंग्रेजीमा उनी आफ्नो नाम खलील ज्व्रान लेखथे र यही नाम देखि धेरै प्रसिद्ध भए ।

कथनहरू[edit | edit source]

  • मानवता प्रकाशको त्यो नदी हो जो सीमित देखि असीमीत तिर बग्छ ।
  • हिजो आजको याद हो र भोली आजको सपना हो ।
  • दानशीलता हाम्रो क्षमता भन्दा धेरै दिनमा र गौरव आफ्नो आवश्यकता भन्दा थोरै लिनमा हुन्छ ।
  • कुनै पनि घरको सबै भन्दा मजबूत पत्थर सबै भन्दा तलको भाग नै हुन्छ ।
  • कुनै व्यक्तिको दिल र दिमागलाई सम्झिन यो कुरा नहेर की उसले अहिले सम्म के प्राप्त गरेको छ, अपितु यो कुरालाई हेर त्यो कुन कुराको इच्छा राख्छ ।
  • जो संग प्रेम गरिन्छ उनीलाई जान देउ यदि उनी फर्केर आउछन् भने त्यो सधैको लागि तिम्रो हुन् । र यदि फर्केर आउदैनन् भने त्यो कहिले तिम्रो छदै थिएनन् ।
  • तपाई आफ्नो रहस्य यदि पवनमा खोल्दिनु हुन्छ भने वृक्षहरूमा कुरा फैलिने दोष पवनलाई नदेउ ।
  • प्रेम बिना जीवन त्यो वृक्ष जस्तो हो जसमा नकुनै फुल छ नकुनै फल ।
  • मित्रता कहिले पनि अवसर होइन अपितु सधै एक मधुर उत्तरदायित्व हुन्छ ।

स्रोत[edit | edit source]