Wq/ne/ओस्कर बाइल्ड

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > ओस्कर बाइल्ड

अस्कर वाइल्ड ती व्यक्तिको नाम हो जसले सारा दुनियामा आफ्नो लेखन शैलीले हलचल मचाई दिए । शेक्सपीयरकोे पछि सर्वाधिक चर्चित अस्कर वाइल्ड उपन्यासकार, कवि र नाटककार मात्र थिएनन उनी एक संवेदनशील मानव पनि थिए । उनको लेखनमा जीवनको गहिरो अनुभूति सम्बन्धको रहस्य छ, पवित्र सौन्दर्यको व्याख्या छ, मानवीय ढुकढुकीको कहानी छ ।

भनाईहरू[edit | edit source]

  • हृदयमा प्रेम जगाइराख । प्रेम विनाको जीवन सूर्यको अनुपस्थितीमा लोलाएको फूलको वृक्ष जस्तै हुन्छ ।
  • साँचो मित्रले सधै तिमीलाई अघि बढ्न मद्दत गरिरहन्छ ।
  • एउटा साधारण व्यक्ति र सन्तमा यत्ति फरक हुन्छ कि सन्त सँग उसको विगत रहेको हुन्छ भने व्यक्ति सँग भविष्य ।
  • अनुभव भनेको हाम्रा गल्तिहरूलाई दिइएको साधारण नाम हो ।
  • महिलाहरू प्रेमका लागि बनेका हुन् बुझ्नका लागि होइन ।
  • हामी सबै नालिमा बाँचि रहेका छौ तर कोही कोहीको नजर चम्किला ताराहरू प्रति छ ।
  • मैले देखेको छु जब एउटा मान्छे कुनै महिलालाई प्रेम गर्छ तब सबै दिदैन तर जब महिलाले कसैलाई प्रेम गर्छिन त सर्वस्व सुम्पन्छिन् ।
  • सत्य दुर्लभ रूपमा सत्य हुन्त तर साधारण कहिल्यै हुदैन ।
  • यदि कुनै पुस्तक पटक पटक पढेर आनन्द लिन सकिदैन भने पुरै पुस्तक पढ्नुमा कुनै उपयोग छैन ।
  • व्यक्ति जसले आफ्नो बारे सोच्दैन उसले सबैथोक सोचिरहेको हुदैन ।

स्रोत[edit | edit source]