Wq/ne/एलेनो रुजवेल्ट

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > एलेनो रुजवेल्ट

कथनहरू[edit | edit source]

  • भविष्य उनीहरुको पक्षमा हुन्छ, जसले आफ्नो सपनाको सुन्दरतामा विश्वास गर्छन्।
  • तिमीले आफ्नो दृष्टिकोण परिवर्तन गर्न सक्यौ भने, आफ्नो सिमितताको घेरालाई पनि परिवर्तन गर्न सक्छौ।
  • मित्रता सबैभन्दा पहिले तिमीले आफैसंग गर्नु जरुरि छ। यदि आफ्नो साथी तिमी आफू नै बन्न सक्दैनौ भने तिमी अरु कसैको साथी बन्न सक्दैनौ।
  • आफूलाई सम्हाल्नको लागि दिमागको प्रयोग गर र अरुलाई सम्हाल्नको लागि मनको प्रयोग गर।
  • प्रत्येक दिन तिमीलाई डर लाग्ने केही केही एउटा काम गर।
  • उत्साह पूर्वक बाँच्ने मान्छे आफ्ना अनुभवहरु बाट नै धेरै अगाडी पुग्न सक्छ।
  • अँध्यारोमा बस्नु भन्दा एउटा मैनबत्ती बाल्नु उपयुक्त हुन्छ।
  • तिमी आफूले के सोंच्छौ, के गर्न चाहन्छौ र के बन्न चाहन्छौ भन्ने प्रष्ट भयौ भने आफ्नो लागि एक्लै उभिन सक्ने हिम्मत राख।
  • खुशी कुनै निश्चित बिन्दु वा लक्ष्य होइन । खुशी त उत्पादन भइरहने वस्तु हो।
  • उच्च सोंच राख्ने व्यक्तिले योजनाको कुरा गर्छ, औसत सोंच राख्ने व्यक्तिले कार्यक्रमको कुरा गर्छ र कमजोर सोंच राख्ने व्यक्तिले अरु व्यक्तिहरुको बारेमा कुरा गर्छ।

स्रोत[edit | edit source]

सफल स्टोरी