Wq/ne/एरिस टोटल

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > एरिस टोटल

एरिसटोटल दार्शनिक तथा वैज्ञानिक हुन् । ग्रिसमा ३८४ बिसिमा जन्मिएका उनि एलेक्जेन्डर द ग्रेट का गुरुका रुपमा समेत प्रसिद्ध छन् । उनको पश्चिमी दर्शनमा महत्वपूर्ण स्थान रहेको छ । पश्चिमी दर्शनमा सामाजिक, आर्थिक लगायतका सबै कुराहरुको व्याख्या गरेर दर्शनलाई व्यापक बनाउने श्रेय एरिसटोटललाई पनि जान्छ ।

कथनहरू[edit | edit source]

  • खुशी बाहिरबाट पाइने चिज होइन। त्यो हामी आफूमा नै निर्भर रहन्छ।
  • तिमीले साहस बिना संसारको कुनै पनि काम गर्न सक्दैनौ।
  • युवावस्थामा निर्माण गरिएका राम्रा बानीहरुले जीवनमा ठूलो फरक पार्छन्।
  • जसलाई कुनै चिज थाहा हुन्छ, उनीहरुले त्यो गर्छन् र जसले कुनै चिजलाई बुझ्छन्, उनीहरुले त्यो अरुलाई सिकाउँछन्।
  • आशा भनेको हिंडीरहने सपना हो।
  • शिक्षाका जारहरु तिता हुन्छन्, तर फल मीठा हुन्छन्।
  • रिसाउन जोकोही सक्छ । तर, उचित समयमा,उचित व्यक्तिसंग, उचित कुराको लागि, उचित मात्रामा, उचित तरिकाले रिसाउने क्षमता जोकोहीमा हुँदैन।
  • ठूलो सफलताको लागि थोरै पागलपन चाहिन्छ नै।
  • आलोचनाबाट बच्ने उपाय हो, केही नगर्नु , केही नभन्नु र केही नबन्नु ।