Wq/ne/आचार्य चाणक्य

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > आचार्य चाणक्य

चाणक्यएक भारतिय शिक्षक, दार्शनिक तथा महान सम्राट चन्द्रगुप्त मौर्यका सल्लाहकार थिए। उनले नदवंशको नाश गरेर चन्द्रगुप्त मौर्यलाई राजा बनाए। उनी राजनीतिकूटनीति का साक्षात् मूर्ति थिए। उनको अर्थशास्त्र , राजनीति, अर्थनीति, कृषि, समाजनीति आदिको महान ग्रन्थ छ। अर्थशास्त्र मौर्यकालीन भारतीय समाजको दर्पण मानिन्छ। चाणक्य राजसी ठाट-बाट भन्दा टाढा एक सानो कुटिमा रहन्थे। उनको नाममा एक टेलिश्रृङ्खला पनि बनेको थियो।

कथनहरू[edit | edit source]

  • न चोरले चोर्छ नराजालाई कर तिर्नु पर्छ नदाजु भाईलाई बाँड्नु पर्छ नबोक्न भारी हुन्छ जति खर्चगरो त्यति बढ्ने संसार कै सबै धनमा श्रेष्ठ धन विद्या हो ,
  • ज्ञान भन्दा ठूलो अर्को कुनै गुरू हुँदैन ।
  • गुरू, मूर्ख, मित्र र स्वजनहरूसित बुद्धिमान व्यक्तिले व्यर्थ विवाद गर्नुहुदैन ।
  • जो आरूको कल्याणको लागि काम गर्छ त्यही सत्पुरूष हो ।
  • चन्द्रमाले जसरी उज्यालो दिन्छ त्यसै गरी सज्जनले प्राणामाथी दया गर्नुपर्दछ ।
  • भोको भए पनि बाघले घास खादैन ।
  • अधिक लोभ अधिपतनको कारण हो ।
  • आफ्नो इच्छाअनुसारको नियम बनाउने शासक महान् अत्याचारी हो ।
  • धनरहीत हुदैमा कसैलाई पनि निर्धन मान्न सकिदैन ।
  • अपमान सहेर बाँच्नुभन्दा पैतलाको धुलो उत्तम हुन्छ ।
  • सुन्दर रूप, तरूण अवस्था र मधुरता यी तीन रूप नारी जातिको ठूलो बल हो ।
  • मानिस असल गुणले उत्तम हुन्छ न की उच्च आसनमा बसेर, महलको छानामा बस्दैमा काग गरूढ बन्छ र ?
  • आफ्नी श्रीमती, भोजन र धन यी तीन कुरामा सन्तोष मान्नुपर्दछ ।

स्रोत[edit | edit source]