Wp/gvr/तमु ल्होसार

From Wikimedia Incubator
< Wp‎ | gvr
Wp > gvr > तमु ल्होसार
बिसं २०६९मा सप्हृ ल्हो (सर्प वर्ष) मनाइँदै
तमु जातिको मौलिक खेगीले रुहुपा बान्दिदै

तमु ल्होसार गुरुङ जातिहरुको महान् चाड हो। यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ।

ल्होसार भनेको नयाँ वर्ष हो । यो पुस महिनाको १५ गते पर्छ । गुरूङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सवंत सुरु भएको सङ्केत गर्दछ । [1] प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उतपत्ति भएको मानिन्छ्।
ल्होसारकै दिनभन्दा अघिल्लो साँझदेखि नै यसलाई मनाउन सुरू गरिन्छ। साँझ पूजापाठ, भोजभत्तेर, नाचगान गरी आधा रातमा 'नयाँ वर्ष आयो' भन्दै नयाँ वर्षको स्वागत गरिन्छ। ल्होसारको दिन बिहानदेखि नै ढोग-भेट, आशीष आदानप्रदान गर्दै नाता कुटुम्बलाई बोलाएर भोज खुवाएर बडो धुमधामका साथ मनाइन्छ। ल्होसारको दिन गुरूङ जातिहरु आफ्नै शैलीका भेषभुषा जस्तै शिरवन्दी,मखमली चोली, घलेक्क, पटुकी, छिट्को गुन्यु र मजेत्रो महिलाहरुले लगाएर सजिन्छन् भने पुरूषहरूले शिरमा टोपी, भोटो माथि भाङ्ग्रो लगाउँछन् र त्यसको साथमा कछाड अनि पटुकी बाँध्छन् । अन्य जातले जस्तै गुरूङ जातिहरुको पनि पर्वहरू मनाउने एउटा आफ्नै शैली छ, यी जातिहरुमा घाटु, सोरठी स्थानीय भाषामा चुड्का भनेर प्रचलित नाच कौडा नाच नाचेर आफ्ना परिवार, साथीभाईहरू संग रमाइलो गर्छन् । गुरूङ जातिहरुको महान् चाड भएकोले प्रधानमन्त्री र अन्य ठुला व्यक्तित्वद्वारापनि ल्होसारको शुभकामना आदन प्रदान गरिन्छ । [2]

देश‍-विदेशमा तमु ल्होसार[edit | edit source]

गुरुङ जाति देशको विभिन्न ठाउँमा छरिएर बसेका छन् जस्तै- कास्की, गोरखा, लमजुङ, तनहुँ, चितवन, दैलेख, बाँके, सुर्खेत, मनाङ, रुम्जाटार, खोटाङ काठमाडौं आदि। नेपाल बाहेक विश्वका विभिन्न देशहरू जस्तै- बेलायत, अस्ट्रेलिया, हङकङ, बुर्नाई, जर्मन, भारत आदि देशहरूमा पनि गुरूङ जातिको बसोवास रहेको छ। देश विदेश विभिन्न ठाउँमा भए पनि गुरुङ जातिले पुस १५ मा तमु ल्होसार भने भव्य तरिकाले मनाउँछन्।

तमु पात्रो[edit | edit source]

तमु पात्रोमा १२ वटा वर्ग हुन्छन् । [3] वर्गहरुको नाम विभिन्न जनावरहरुको नामबाट नामाकरण गरिएको छ र यी वर्ग आफूलाई फाप्ने नफाप्ने र त्यस वर्गको शुभ समय र अन्य विशेस्ता सबै लामा शास्त्र र पच्यु शस्त्र अनुसार थाह पाउन सकिन्छ ।

‍‍१. ‍‍‍मुसा वर्ग (च्यु-ल्हो)‍‍‍
२. गाई वर्ग (ल्वोँ-ल्हो)
३. बाघ वर्ग (तो-ल्हो)
४. बिरालो वर्ग (हि-ल्हो)
५. गिद्द वर्ग (मुप्री-ल्हो)
६. सर्प वर्ग (सप्री-ल्हो)
७. घोडा वर्ग (त-ल्हो)
८.भेंडा वर्ग (ल्हु-ल्हो)
९. बादर वर्ग (प्र-ल्हो)
१०. चरा वर्ग (च्हया-ल्हो)
११. कुकुर वर्ग (खि-ल्हो)
१२. मृग वर्ग (फो-ल्हो)

सन्दर्भ सामाग्रीहरू‍‍‍[edit | edit source]

  1. Template:Cite web
  2. Template:Cite web
  3. Template:Cite web

बाहिरी कडीहरू[edit | edit source]

श्रेणी:पर्व श्रेणी:गुरुङ जाति श्रेणी:संस्कृति श्रेणी:धर्म श्रेणी:समाज श्रेणी:नेपालका चाड पर्वहरू