Wn/ne/भर्जिनियामा २०४ अाैं भानुजयन्ती

From Wikimedia Incubator
< Wn‎ | ne
Wn > ne > भर्जिनियामा २०४ अाैं भानुजयन्ती

भर्जिनियामा भानुजयन्ती[edit | edit source]

२३,जुलार्इ २०१७ अाज अमेरिकाकाे भर्जिनिया उडब्रिजमा बग्ने पाेटाेम्याक नदी किनारमा रहेकाे लिस्भेनिया पार्क नामक सुन्दर स्थानमा २०४ अाैं भानुजयन्ती समाराेह सम्पन्न भयाे । साे समाराेहकाे अध्यक्षता अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज डी.सी. क्षेत्रका सभापति रामप्रसाद खनालले गर्नुभएकाे थियाे भने अमेरिकाका लागि नेपाल सरकारका महामहिम राजदूत डा.अर्जुन कार्कीकाे प्रमुख अातिथ्य रहेकाे थियाे । त्यसैगरी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष पदम विश्वकर्मा, साेही संस्थाका संस्थापक अध्यक्ष हाेमनाथ सुवेदी, श्रीमती नन्दादेवी सुवेदीसमेतकाे विशेष अातिथ्य र कवि गाेवर्धनपूजा, गीता कार्की, डा.चघुनाथ अर्यालसमेतकाे अातिथ्य एवं झापाली साहित्यकार द्वय काेमलप्रसाद पाेखरेल, तेराख, साहित्यप्रेमी गाेपीचन्द्र कट्टेल तथा अमेरिकाका विभिन्न राज्यबाट भाग लिन अाएका कवि तथा साहित्यकारहरूकाे भव्य उपस्थितिमा सम्पन्न साे कार्यक्रममा गीत, गजल, कवितावाचन, भलिबल खेल खेलिनुका साथै विभिन्न क्षेत्रमा याेगदान दिने याेगदाताहरूलार्इ सम्मान पनि गरिएकाे थियाे । सम्मानित हुने व्यक्तिहरूमध्ये अाख्यानकार हाेमनाथ सुवेदीकी धर्मपत्नी श्रीमती नन्दादेवी सुवेदी, झापाली साहित्यकार काेमलप्रसाद पाेखरेल र तेराख पनि हुनुहुन्थ्याे । उहाँहरूलार्इ अमेरिकाका लागि नेपाल सरकारका महामहिम राजदूत डा.अर्जुन कार्कीले सम्मान पत्र र फूलमालाले सम्मान गर्नुभएकाे थियाे ।