Wn/ne/तेस्रोलिङ्गी पहिचान सहितको राहदानी वितरण गर्न तयारी

From Wikimedia Incubator
< Wn‎ | ne
Wn > ne > तेस्रोलिङ्गी पहिचान सहितको राहदानी वितरण गर्न तयारी

काठमाडौं फागुन १६ -नेपालमा छिट्टै यौनिक तथा लैगिंक अल्पसंख्यक समूदाय समलिंगी तेश्रोलिंगीले पहिचान अनुसारको राहदानी (पासपोर्ट) पाउने भएका छन् । परराष्ट्र मन्त्रालयको राहदानी विभागले पहिचान अनुसारको राहदानी दिने विषयमा अध्ययन गरिरहेको जनाएको छ । समलिंगी तेश्रोलिंगी पनि मानव हुुन् विभागका महानिर्देशक रमेश खनालले भने ः पहिचान लुकाएर राहदानी लिनुपर्ने अवस्थाको अन्त्यका लागि अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओलाई अनुरोध गर्छु ।

नील हिरा समाजका कार्यक्रम संयोजक एवं प्रशासन प्रमूख परसु राई, मानवअधिकार विभाग प्रमूख भूमिका श्रेष्ठ, तेश्रोलिंगी अधिकारकर्मी सुशीला लामा, अधिवक्ता प्रेमवहादुर थापा र सुजन पन्तसँगको छलफलमा महानिर्देशक खनालले आइकाओलाई अनुरोध गर्न सुझाव पनि दिए । तेश्रोलिंगी उल्लेख गरेर नागरिकता लिएका विष्णु अधिकारी र दिलु बर्दुजाले लिंगको महलमा महिला उल्लेख गरेर राहदानी लगेको बताउँदै महानिर्देशक खनालले छिट्टै आफ्नो पहिचान अनुसारको राहदानी वितरणको व्यवस्था गर्ने प्रतिवद्धता जनाए । अन्तराष्ट्रिय अभ्यासबारे आफूलाई जानकारी नभएको यसबारे जानकारी गराउन महानिर्देशक खनालले नील हिरा समाजले आग्रह गरे । इजरायल गे फ्रेण्डली भनेर चिनिन्छ उनले भने ः म इजरायल बस्ता गे परेड हेर्ने गर्थे । त्यहाँ राहदानी वितरण कसरी गरेको रहेछ बुझ्नु पर्र्यो । नतिजा आउने गरी काम गर्न खोजेको बताउँदै राहदानी विभागका महानिर्देशक खनालले कुरा धेरै काम थोरै गर्नु नहुने बताए । महिले आफैले चासो लिएर नील हिरा समाजमा फोन गरे, खनालले भने ः तपाईहरु चासो लिएर आउनुपर्ने हो । महानिर्देशक खनालले भूमिकाको नाम सुनेको बताउँदै सुनिलवावु पन्तकोबारेमा पनि सोधनी गरे । नील हिरा समाजमा सुनिलवावु पन्त हुनुहुन्थ्यो । उहाँ त सभासद् पनि हुनुहुन्थ्यो अहिले कहाँ हुनुहुन्छ ? महानिर्देशक खनाललाई भूमिकाले पन्त अहिले नेपाल बाहिर रहेको जानकारी दिइन । अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओले मेल या फिमेल मात्रै उल्लेख गरेर राहदानी जारी गर्न सकिने व्यवस्था गरेकाले समलिंगी तेश्रोलिंगीलाई पहिचान अनुसारको राहदानी जारी गर्न नसकिएको महानिर्देशक खनालको भनाई थियो । हामीलाई प्राविधिक समस्या छ अनि अन्तराष्ट्रिय स्तरमा भएका अभ्यासबारे कम जानकारी छ खनालले भने ः मेल, फिमेल वाहेक अदर्स राखेर राहदानी वितरण गर्दा अरु देशले मान्यता दिने हुन कि होइनन् ? अधिवक्ता प्रेमवहादुर थापाले २०६४ सालमा सर्वोच्च अदालतले समलिंगी तेश्रोलिंगी प्राकृतिक भएकाले पहिचान अनुसारको नागरिकता दिन सरकारका नाममा निर्देशनात्मक आदेश दिएको जानकारी गराए । सर्वोच्चको आदेशपछि गृह मन्त्रालयले निर्देशिका बनाएर यौनिक तथा लैगिंक अल्पसंख्यक समलिंगी तेश्रोलिंगीलाई पहिचान अनुसार अन्य उल्लेख गरेर नागरिकता दिन परिपत्र पनि जारी गरिसकेको महानिर्देशक खनाललाई अधिवक्ता थापाले जानकारी दिए । समलिंगी तेश्रोलिंगीले लिंगको महलमा अन्य उल्लेख गरेर नागरिकता पाउन थालेकाले राहदानी पनि अन्य उल्लेख गरेर पाउनु पर्ने अधिवक्ता थापाको भनाई थियो । तेश्रोलिंगी मानवअधिकारकर्मी भूमिका श्रेष्ठले आफू जन्मदाँ पुरुष भएपनि आफ्नो हाउभाउ सबै महिलाको भएको बताइन । श्रेष्ठले भनिन ः पुरुषको राहदानीका कारण म जस्ता तेश्रोलिंगी माथि कतिपय देशमा यौन दुरव्यवहार समेत हुने गरेको छ । अधिवक्ता सुजन पन्तले यौनिक तथा लैगिंक अल्पसंख्यकलाई पहिचान अनुसारको नागरिकता दिने सम्भवत नेपाल पहिलो हो, गृहले जारी गरेको परिपत्र म उपलव्ध गराउछु पन्तले महानिर्देशक खनाललाई भने ः राहदानी अन्य भनेर वितरण गर्दा अरु देशले नेपालबाटै सिक्न सक्छन् । महानिर्देशक खनालले आफूहरु असार सम्ममा इपासपोर्ट जारी गर्ने तयारीमा रहेकाले महिला र पुरुषको मात्रै बक्स रहेको ठाउँमा अर्को एउटा बक्स पनि थप गर्न अन्तराष्ट्रिय नागरिक उड्डयन संगठन आइकाओलाई अनुरोध गर्ने बताए । काम पूरा भएपछि भन्दा शुरु गर्नुअघिनै छलफल गर्दा पछि समस्या नआओस भनेर अध्ययन गरिरहेको महानिर्देशक खनालको भनाई छ । खनालले असारसम्म कार्यान्वयनमा ल्याउने तयारी भएको इपासपोर्टमा समलिंगी तेश्रोलिंगीले अन्य उल्लेख गरेर पासपोर्ट लिन सक्नुपर्ने बताए । नील हिरा समाजका संस्थापक अध्यक्ष एवं पूर्व सभासद् सुनिलवावु पन्तले आइकाओले मेल, फिमेल र एक्स भनेर उल्लेख गर्दै पासपोर्ट जारी गर्न सकिने व्यवस्था गरेकाले पहिचान अनुसारको राहधानी वितरण गर्न नेपाललाई कुनै अप्ठेरो नहुने जानकारी गराएका छन् । समलिंगी तेश्रोलिंगीलाई पहिचान अनुसारको राहदानी वितरणबारे अरु देशको अभ्यास के कस्तो छ त्यसबारे जानकारी गराउछु, पन्तले महानिर्देशक खनाललाई इमेल सन्देश मार्फत समलिंगी तेश्रोलिंगीलाई राहदानी वितरणमा चासो दिएकोमा धन्यवाद दिएका छन् । अष्ट्रेलियासँगै न्यूजिल्याण्ड, अर्जेन्टिना, जर्मनीले पनि समलिंगी तेश्रोलिंगीलाई पहिचान अनुसारको राहदानी दिने गरेको पन्तले बताए ।