Template:Wn/ne/तत्कालको अपडेट
Appearance
• सेलाउँदै जेनजी आन्दोलन: अन्तरिम सरकार गठन भएसँगै देशभरका विरोध प्रदर्शनहरू शान्त हुँदै गएका छन्। सडकमा देखिएको भीड र निषेधाज्ञा बिस्तारै हटेको छ।
• मन्त्रिपरिषद् विस्तार: अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले थप ४ जना मन्त्री नियुक्त गरेकी छन्। यससँगै मन्त्रिपरिषद्को सङ्ख्या ८ पुगेको छ।
• नयाँ मन्त्रीहरूले सपथ लिए: सोमबार, असोज ६ गते राष्ट्रपति रामचन्द्र पौडेलले शीतल निवासमा नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको सपथ खुवाए।
• जाँचबुझ आयोग गठन: अन्तरिम सरकारले जेनजी आन्दोलनका क्रममा भएको हिंसा, तोडफोड र धनजनको क्षतिबारे छानबिन गर्न पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको संयोजकत्वमा एक उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ।
थप पढ्नुहोस्>>>