Wy/ne/पोखरा उपमहानगरपालिका

From Wikimedia Incubator
< Wy‎ | ne
Wy > ne > पोखरा उपमहानगरपालिका

पोखरा उपमहानगरपालिका पोखरा उपत्यकामा अवस्थित नेपालको अत्यन्तै रमणीय स्थानको रूपमा परिचित छ। पोखरा शहर नेपालको ठूलो शहर हो। यसैले यसलाई नेपालको एक महत्वपूर्ण पर्यटकीय स्थलको रूपमा पनि लिने गरिन्छ। यहाँका महत्पूर्ण स्थानहरूमा फेवाताल, महेन्द्र गूफा, पातले छाँगो, सराङ्गकोट आदि पर्दछन्।

पोखरा नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको गण्डकी अञ्चल, कास्की जिल्लामा पर्दछ। यो सहर कास्की जिल्लाको जिल्ला सदरमुकाम, गण्डकी अञ्चलको अञ्चल सदरमुकामका साथै पश्चिमाञ्चल विकास क्षेत्रको पनि सदरमुकाम हो।