Wq/ne/मौलाना जलालुद्दीन रुमी

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > मौलाना जलालुद्दीन रुमी

कथनहरू[edit | edit source]

  • केही गुम्यो भनेर दु:खी नबन। जे गुम्यो त्यो कुनै न कुनै रुपमा तिम्रो जीवनमा फेरी फर्केर आउँछ ।
  • तिमी समुद्रको कुनै एउटा थोपा होइनौ । तिमी थोपा भित्रको समुद्र हौ ।
  • तिमी पखेटा लिएर जन्मिएको छौ । किन आफ्नो त्यो क्षमतालाई प्रयोग नगरेर बामे सर्न चाहन्छौ ?
  • बुरुसले घोट्दा तिमी अत्तालिन्छौ भने, तिमी कसरि टल्किन सक्छौ ?
  • तिम्रो काम माया खोज्नु होइन । तिम्रो काम त तिमीभित्रको अवरोधलाई खोज्नु हो, जसले तिम्रो जीवनमा मायाको आभास हुन दिरहेका छैनन् ।
  • तिमी ठूलो आवाज मार्फत होइन, शब्दहरु मार्फत बोल ।
  • फूलहरु फुल्ने पानीको कारणले हो, मेघ गर्जनले होइन ।
  • तिम्रो विगत अब कथा बनिसक्यो । आज नयाँ बिऊहरु उम्रिदैछन् ।
  • जसले तिमीलाई डर देखाउँछन् वा दु:खी बनाउँछन् , उनी हरुको वास्ता नगर ।
  • तिमीभित्र एउटा कलाकार छ, जसलाई तिमीले पनि छिन्न सकिरहेको छैनौ ।

स्रोत[edit | edit source]