यदि तिमी आफ्नो मनले रोजेको सही बाटोमा हिंडिरहेको छौ र अझै हिंड्ने चाहना राख्छौ भने, यो निश्चित छ कि, तिमीले प्रगति गर्दैछौ ।
आवश्यक कदम उठाउनको लागि यदि तिमीले अरु कोही व्यक्ति वा समयलाई पर्खिन्छौँ भने, परिवर्तन कहिल्यै पनि आउंदैन।
हामीले यसरि काम गरेर देश बनाउनुपर्छ की, हाम्रा बच्चाहरुले आफ्नो देशमा उनीहरुको आशा अनुसारको जीवन पाउन् ।
निन्दनीय शब्दहरु वा भाषणको विरुद्धमा दमन होइन, भाषण नै प्रयोग गर्नुपर्छ।
जीवनको कुनै पनि मूल्यवान चिज प्राप्त गर्न सजिलो छैन ।
हामी भविष्य देखि डराउने होइन, भविष्यलाई आकार दिने बन्नुपर्छ ।
प्रगतिको बाटो कहिल्यै पनि सिधा र सजिलो हुँदैन ।
एकजना मानिसको आवाजले पुरै कोठा भरिको माहोल परिवर्तन गरिदिन सक्छ।
यदि तिमीले कडा मेहनत गर्दै आफ्नो दायित्व पूरा गर्न थाल्छौ भने, तिमीले कसरि सुरु गर्यौ र को थियौ भन्ने कुराले असर * गर्दैन । तिमी धेरै अगाडी बढ्न सक्छौ।
संसारमा आफ्नो प्रभाव छोड्न, आफ्नो नाम बनाउन त्यति सजिलो थियो भने, सबैले बनाउने थिए । त्यसको लागि त मेहनत, लक्ष्य, दृढता, धैर्यता, आत्मविश्वासको आवश्यकता पर्छ ।
प्रत्येक महिला स्वतन्त्र तरिकाले हिंड्न पाउनुपर्छ । प्रत्येक महिलालाई आदरका साथ व्यवहार गरिनुपर्छ।