Wq/ne/अर्जुन

From Wikimedia Incubator
< Wq‎ | ne
Wq > ne > अर्जुन
File:The Swayamvara of Panchala's princess, Draupadi.jpg

अर्जुन माहाभारतका एक प्रमुख पात्र हुन् । उनि पाण्डु पुत्र अर्थात पाँच पावण्ड का एक भाई पनि हुन् । उनि कुन्तीका पुत्र कौन्तेय पनि भनेर चिनिन्छन् । उनिलाई सर्वश्रेष्ठ धनुर्धर तथा विवेक र पराक्रमका खानी भनेर पनि मानिन्छ । उनले प्रयोग गर्ने धनुषलाई गान्डीव भनिन्छ ।

बारेमा कथन[edit | edit source]

  • पाण्डवहरूमा म धनंजय अर्जुन हूँ । भगवान कृष्ण [1]

उनको कथन[edit | edit source]

  • हे कृष्ण, म विजय, राज्य तथा सुख केही पनि चाहन्न । किनभने हे गोविन्द, हामीलाई राज्यले के हुन्छ ? भोगहरुले के हुन्छ ? अथवा बांच्नाले पनि के हुन्छ ? जसका निम्ति हामीलाई राज्य, भोग, तथा सुखहरु चाहिएका छन् तिनै आचार्य, काका, भतिजा, बाजे, मामा, ससुरा, नाती, साला तथा अरु सम्बन्धीहरु प्राण र धनको पनि आशा छाडेर युद्धमा आएका छन् । हे भगवान्, यिनीहरु मलाई मार्दछन् भने पनि मारुन्, तर म पृथ्वीको त के कुरा ? तीनलोक अर्थात् स्वर्ग, मत्र्य, र पातालको रजाई मिल्छ भने पनि मार्न चाहन्न ।
  • कुल नाश भएपछि सनातन कुलधर्म नाश हुन्छन् । अर्थात् समग्र कुल अधर्मले ग्रसित हुन्छ । कुलमा अधर्म फैलिएपछि कुलीन स्त्रीहरु पनि दूषित हुन जान्छन् । अनि स्त्री दूषित भए पछि संकर सन्तानहरु उत्पन्न हुन्छन् । कुलघातीको कुलमा उत्पन्न भएको वर्णसंकर केवल नरकको हेतु हुन्छ । यिनका पितृहरु श्राद्ध तर्पण क्रिया लुप्त भएर नरकमा खस्दछन् । वर्ण संकर बनाउने कुलघातीका यी दोषहरुले जातिधर्म र परम्परादेखि चलिआएका कुलधर्म पनि नाश हुन्छन्
  • यदि हातमा शस्त्र लिएका कौरवहरुले प्रतिकार शून्य, निःशस्त्र मलाई युद्धमा मारे भने त्यो मार्नु मेरो निम्ति सारै असल हुनेछ ।

स्रोत[edit | edit source]

  1. वृष्णीनां वासुदेवोऽस्मि पाण्डवानां धनञ्जयः गीता १० अध्याय