Wq/ne/एडल्फ हिटलर

From Wikimedia Incubator
< Wq‎ | ne
(Redirected from Wq/ne/अडल्फ हिटलर)
Wq > ne > एडल्फ हिटलर

अडोल्फ हिटलर (German: [ˈadɔlf ˈhɪtlɐ] ; २० अप्रिल १८८९ - ३० अप्रिल १९४५) अष्ट्रिया मा जन्मिएका जर्मन राजनीतिज्ञ तथा राष्ट्रिय समाजवादी जर्मन मजदुर पार्टी (नाजी) का नेता थिए । विश्वका क्रूर शासकहरूमा गनिन्छन्। यिनी १९३३ देखि १९४५ सम्म जर्मनीका चान्स्लर तथा १९३४ देखि १९४५ सम्म नाजी जर्मनी का शासक थिए । उनी नाजीबाद तथा दोश्रो विश्वयुद्ध शुरू हुनुका केन्द्रीय पात्र थिए ।

बारेमा[edit | edit source]

  • अडोल्फ हिटलरको जन्म Braunau am Inn, अष्ट्रियामा भएको थियो । जब हिटलर तीन वर्षका थिए तब उनको परिवार अष्ट्रियाबाट जर्मनी सरेका थिए ।
  • अडोल्फ हिटलर एक प्रसिद्ध जर्मन राजनेता थिए । उनी ‘राष्ट्रिय समाजवादी जर्मन कामदार पार्टीका नेता थिए । यो पार्टीलाई प्रायः ‘नाजी पार्टी’ को नामले चिनिन्थ्यो ।
  • हिटलरको पहिलो प्रेम एक यहूदी महिला थिइन् । तर हिटलरसँग आफ्नो प्रेम दर्साउने हिम्मत नभएकाले यसबारे ती महिलालाई बताउन सकेनन् ।
  • हिटलरको जीवनको त्यो दिन सबैभन्दा खुसीको समय थियो जब सन् १९३८ मा टाइम्स म्यागजिनले हिटलरलाई ‘द म्यान अफ द इयर’ को टाइटल दिएको थियो ।
  • आधुनिक इतिहासमा पहिलो पटक हिटलरले घुम्रपान विरोधी अभियानको घोषणा गरेका थिए ।
  • १६ वर्षको उमेरमा उनले स्कूल छोडेर पोष्टकार्डमा चित्र बनाएर आफ्नो जीवन निर्वाह गरे । प्रथम विश्वयुद्ध सुरु भएपछि हिटलर सेनामा भर्ना भए । उनले दुई पटक ‘आइरन क्रस’ बाट सम्मानित गरियो ।
  • हिटलरका कारण थुप्रै मानिसहरुको ज्यान गयो । तर जुन व्यक्तिले मानिसहरुमाथि क्रुरताको सबै सीमा पार गरे उनी वास्तवमा शुद्ध शाकाहारी थिए । यतिमात्र होइन, उनले पशु क्रुरता विरुद्ध एक कानून पनि बनाएका थिए ।
  • हिटलरका बुवाले तीन विवाह गरे । पहिलो पटक आफूभन्दा निकै धेरै उमेरकी महिलासँग विवाह गरेका थिए । दोस्रो पटक आफ्नी छोरीको उमेरकी महिलासँग विवाह गरे र अन्तिममा हिटलरकी आमासँग विवाह गरेका थिए ।
  • हिटलरको जाती नीतिका कारण लगभग १ करोड १० लाखको मृत्यु भएको थियो । दोस्रो विश्वयुद्धका कारण लगभग ६ करोड मानिसहरुले आफ्नो ज्यान गुमाएका थिए ।
  • हिटलरको सपना एक चित्रकार बन्नु थियो तर उनलाई सन् १९०७ र १९०८ मा एकेडेमी अफ फाइन आर्टस्ले दुईपटक उनलाई रिजेक्ट गरेको थियो ।
  • आज पनि हिटलरको जुंगालाई ‘टुथब्रस जुंगा’ भनिन्छ ।
  • संसारमा आफ्नो डर देखाउने जर्मनका तानाशाह हिटलर आफू पनि सधैं मृत्युसँग डराउँथे ।
  • अचम्मको कुरा त के छ भने सन् १९३९ मा उनलाई नोबेल शान्ति पुरस्कारका लागि नामाङ्कित गरिएको थियो ।
  • हिटलरलाई चक्लेट निकै मनपर्दथ्यो । उनी एक दिनमा कम्तीमा एक किलो चक्लेट खाने गर्दथे ।
  • हिटलरको भनाई अनुसार कुनै पनि देशलाई जित्नका लागि सबैभन्दा पहिले त्यहाँका नागरिकलाई नियन्त्रणमा राख्न जरुरी छ ।
  • जब रुसले बर्लिनमा आक्रमण गर्यो तब हिटलरले सन् १९४५ को अप्रिल ३० तारिखमा आत्महत्या गरेको बताइन्छ ।

स्रोत[edit | edit source]