Jump to content

Wy/ne/इलाम

From Wikimedia Incubator
< Wy | ne
Wy > ne > इलाम

[[Wy/ne/

इलाम जिल्लाको कन्याममा चिया बगान

इलाम जिल्ला Template:Wy/ne/Audio मुलुकको पछिल्लो राजनैतिक विभाजन अनुसार प्रदेश नम्बर एकमा पर्ने चौध जिल्लामध्ये इलाम एक हो। मुलुकको सुदूरपूर्वमा १७०३ वर्ग किलोमिटर क्षेत्र ओगटेको पहाडी जिल्ला इलामको उत्तरमा पाँचथर, दक्षिणमा झापा, पश्चिममा पाँचथर र मोरङ जिल्लाहरु अनि पूर्वमा भारतको पश्चिम बङ्गाल अन्तर्गत दार्जिलिङ्ग जिल्ला पर्दछ। समुद्री सतहबाट १४० मिटर उचाइको तराईदेखि उत्तरतिर चुरे पहाड, मध्यपहाड हुँदै ३६३६ मिटरको उच्च पहाडसम्म पुग्ने इलामे धर्तीमा उचाइ अनुसारकै विविध प्रकारको हावापानी पाइन्छ। त्यसैले इलाम जैविक विविधतामा पनि धेरै धनी छ। इलाम जिल्ला नेपालको एक प्रमुख प्रर्यटकिय जिल्लाको रुपमा चिनिने गर्दछ।

धार्मिक तथा पर्यटकीय स्थानहरू

[edit | edit source]

सेती देवी, पञ्चकन्या, सिंहवाहिनी, पाथीभरा, गजुरमुखी, लारूम्बा (माङसेबुङ)  आदि धार्मिक तथा कन्याम, करफोक, मंगलबारे आदि पर्यटकीय स्थान इलामले समेटेको छ। सबै भाग पहाडी भेकमा पर्ने यस जिल्लाको प्राकृतिक सौन्दर्यका कारण विस्तारै पर्यटकीय गन्तव्यको रूपमा इलाम चिनिँदैछ। नौ कुना भएको माई पोखरी तथा टोड्के झरना हेर्न पर्यटकहरूको ओइरो लाग्ने गर्दछ। हरियाली युक्त चियाबारी भएको कन्याम डाँडामा वनभोज खानेहरूको ताँती लाग्ने गर्दछ।