Wt/dty/रामारोशन
रामारोशन क्षेत्र अछाम जिल्लाको रामारोशन गाउँपालिका अवस्थित पर्यटकीय क्षेत्र हो। अछाम जिल्लामा अवस्थित रामारोशन सुदूरपश्चिमका प्रमुख पर्यटकीय गन्तव्यहरू मध्ये एक हो। रामारोशन समुद्री सतहबाट करिब २,५०० मिटरको उचाइमा अवस्थित छ। रामारोशनको रमे बजारसम्म मोटरेबल सडक पुगेको भएकाले यहाँ पुग्न सजिलो छ। सुदूरपश्चिमका छोटो समयमा घुम्न सकिने गन्तव्यहरू मध्ये रामारोशनलाई एउटा उत्कृष्ट गन्तव्यका रूपमा लिन सकिन्छ। बाह्र बण्ड, अठार खण्डका नामले चिनिने यो क्षेत्रमा बाह्रवटा ताल र अठारवटा ठुलाठुला चउर छन। प्राकृतिक दृष्टीकोणले अत्यन्तै रमणीय यो ठाउँमा बाह्र प्रकारका राष्ट्रिय फूल लालीगुराँस र नेपालको राष्ट्रिय चरा डाँफे पाइन्छ। बाह्रवटा तालहरूमा सबैभन्दा ठुलो ताल जिगाले ताल हो। जसको आकार अंग्रेजी अक्षर "सि"जस्तो छ।जुन बाटुले ताल भन्दा अली माथी छ।यहाको सानो तालमा ताउने ताल हो।यो हाल पुरिने अवस्थामा छ।जिगाले ताल भन्दा माथीपनि धेरै तालहरु छन।यो ताल भन्दा केहि परपट्टी ठुलाठुला चउर छन। जून अठार खण्ड का नामले प्रख्यात छन।यस्ता चउरहरु मध्येमा किनेमिने चउर सबैभन्दा ठुलो चउर हो।जसको बिच भएर कैलाश खोला बग्दछ। यो सम्भवत अछामकै ठुलो चउर हो।यसको केहि माथी पट्टी रोशन चउर छ।
पर्यटकीय क्षेत्रका रूपमा रामारोशन
[edit | edit source]वि.स. २०६४ साल चैत्र २८ गते भएको संबिधानसभाको पहिलो निर्वाचनबाट एनेकपा माओवादी देशको सबैभन्दा ठुलो पार्टी बन्यो र सरकार पनि माओवादीको बन्यो।सो सरकारका तत्कालीन अर्थमन्त्री बाबुराम भट्टराई र नागरिक उड्डयन तथा पर्यटन मन्त्री हिसिला यमी द्वारा औपचारीक रूपमा यसको उद्घाटन गरियो।तत्पश्चात् यस क्षेत्रको स्थानीय एवं जिल्लाबाट संरक्षण एवं प्रर्वद्वन गर्ने कार्य हुदै आइरहेको छ।विभिन्न समयमा यहाँ महोत्सवको आयोजना हुदै आइरहेका छन।जून विशेषगरी चैत र बैशाखतिर आयोजना हुने गर्दछन्।यसको प्रचारप्रसार एवं संरक्षणमा स्थानीय एफ.एम. रेडियो तथा आम जनताहरूले धेरैनै टेवा पुऱ्याएका छन।